भिके (रुसी: ВКонтакте, नेपाली: सम्पर्कमा रहने) एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेको छ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा आधारित खेल्ने खेलहरू र यसले निजी र सार्वजनिक रूपमा सन्देश पठाउन अनुमति दिन्छ। यसको मुख्य सर्भर सेन्ट पिटर्सवर्ग, रूसमा रहेको छ।

छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
भिके
Thumb
साइटको प्रकार
सामाजिक सञ्जाल
उपलब्ध भाषानेपाली सहित ९० भन्दा बढी भाषाहरू
मालिकभिकन्तेक्तलिमिटेड
सर्जकपाभेल दुरोभ
आयPP ४२,७५१ मिलियन (२०१६)[1]
अभिभावकमेल डटरू समूह
युआरएलvk.com
अलेक्सा क्रम१७ ह्रास नोभेम्बर २०१८[2]
दर्ताआवश्यक
प्रयोगकर्ताहरू५००,०००,०००+ अगस्ट २०१८ का अनुसार[3]
चालु भएको मितिअक्टोबर १०, २००६; १७ वर्ष पहिले (२००६-१०-10)
वर्तमान स्थितिचालु
बन्द गर्नुहोस्

अगस्ट २०१८ सम्ममा, भिकेमा कम्तीमा ५०० मिलियन खाताहरू दर्ता भएका छन्।[4]अलेक्साको विश्वव्यापी शीर्ष ५०० साइटहरूमा यो १९औँ स्थानमा रहेको छ (डिसेम्बर २०१९ अनुसार)।[5] यो रूसमा सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो।[6] सिमिलर वेबका अनुसार भिके संसारकै ९औँ सबैभन्दा धेरै ब्राउज गरिने वेबसाइट हो।[7] मार्च २०१८ सम्ममा, भिके रूस बाहेक बेलारुसकजाख्स्तानमा पनि सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल वेबसाइटको रूपमा रहेको छ।[8] यस वेबसाइटको मालिक मेल डटरूले रूसको अर्को लोकप्रिय सामाजिक सञ्जाल ओद्नोकलासनिकी वा सामन्यतया 'ओको' पनि अधिग्रहित गरेका छन्।

इतिहास

Thumb
सन् २००६ देखि २०१२ सम्मका भिकेमा दर्ता भएको प्रयोगकर्ताहरूको सङ्ख्या
Thumb
पाभेल दुरोभ, भिकका संस्थापक, आफ्नो २६ औँ जन्मदिनको अवसरमा, १० अक्टोबर २०१०

२००६–२००८: सुरुवात र तीव्र वृद्धि

भिकन्तेक्त१९ जनवरी २००७ मा एक रूसी सीमित दायित्व कम्पनीको रूपमा सुरुवात गरिएको थियो। संस्थापक पाभेल दुरोभले सेन्ट पिटर्सबर्ग राज्य विश्वविद्यालयबाट स्नातकको शिक्षा प्राप्त गरिसकेपछि सेप्टेम्बर २००६ मा बिटा परीक्षणको लागि भिकन्टेक्टको सुरुवात गरेका थिए। सोही महिना, डोमेन नाम (भिकन्तेक्त डटरू) दर्ता भएको थियो। प्रयोगकर्ता दर्ता सुरुमा निमन्त्रणाद्वारा विशेष रूपमा विश्वविद्यालय क्षेत्र भित्रै सीमित रहेको थियो, तर यो साइट बढ्ने क्रममा रहेको थियो।

फेब्रुअरी २००७ मा साइटमा १००,०० भन्दा बढी प्रयोगकर्ता दर्ता भएका थिए। यसले रूसको सामाजिक सञ्जाल क्षेत्रमा दोस्रो ठूलो कम्पनीको रूपमा मान्यता प्राप्त गरेको थियो। त्यसै महिनामा, साइटमा आएको त्रुटीका कारण यसले छोटो समयको लागि वेबसाइट बन्द गराएको थियो। जुलाई २००७ मा दर्ता भएका प्रयोगकर्ताको सङ्ख्याले १० लाख नाघ्यो र अप्रिल २००८ मा त्यो सङ्ख्या बढेर १ करोड पुगेको थियो। डिसेम्बर २००८ मा भिके रूसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल सेवाको रूपमा प्रतिद्वन्द्वी ओद्नोकलासनिकीलाई पछाडी धकेलेको थियो।[9]

२००९–२०१२: सार्वजनिकमा पहुँच

संस्थापक र प्रमुख कार्यकारी अधिकृत पाभेल दुरोभको यसमा २०% को साझेदारी रहेको थियो (यद्यपि उनलाई प्रोक्सी मत मार्फत बहुमतको मतदान गर्ने क्षमता रहेको थियो), र तीन जना रूसी-इजरायली लगानीकर्ताहरूको समूह, भ्याचेस्लाभ मिरिलासभिलि र लेभ लेभिभको[10] भने क्रमश ६०%, १० %, र १०% साझेदारी रहेको थियोे ।[11] मूल संस्थापकहरूले त्यसपछि मेल डटरू समूह (पूर्व डिजिटल स्काई टेक्नोलजिज) लाई ३९.९९% भाग बेचेका थिए ।[12][13] २९ मे २०१२ मा, मेल डटरू समूहले कम्पनीले डुरोभलाई आफ्नो शेयरहरूमा मतदानको अधिकार प्रदान गरेर कम्पनीको नियन्त्रण उपज गर्ने निर्णय गरेको थियो जसमा डुरोभको व्यक्तिगत १२% सँग, संयुक्त रूपमा यसले उनलाई ५२% मत दिएको थियो।[14][15]

२०१३–हाल: साझेदारीमा परिवर्तन, सार्वजनिक प्रस्ताव रद्द र मेल डटरू समूहको स्वामित्व

अप्रिल २०१३ मा मिरिलासभिलीको परिवारले भिकेमा संयुक्त क्यापिटल पार्टनर्समा १.१२ बिलियन अमेरिकि डलरमा ४०% सेयर[16][17] र लेभ लेभिभले १.१२ बिलियन डलरमै ८% भाग बेचेको बचेका थिए जसले संयुक्त क्यापिटल पार्टनर्सले ४८% स्वामित्व प्राप्त गरेको थियो। जनवरी २०१४ मा, भिकेका संस्थापक पाभेल दुरोभले कम्पनीमा १२% भाग मेगा फ‍ोनका कार्यकारी अधिकृत इभान टाभरिनलाई बेचेका थिए जो एलिसर उसमानभको नियन्त्रणमा रहेको थियो। सम्झौता पछि, उसमानभ र तिनका सहयोगीहरूले कम्पनीको ५२% भन्दा बढीको नियन्त्रण गरेका थिए।[18] केही समयपछि मेगा फोनकोका कार्यकारी अधिकृतले मेल डटरूलाई आफ्नो १२% भाग बेचेका थिए जसले गर्दा मेल डटरूको ५२% को नियन्त्रण रहेको भिकेलाई सहज बनाउन अनुमति दिएको थियोे।[19]

१ अप्रिल २०१४ मा, डुरोभले आफ्नो पद त्याग गर्न दर्ता गराएका थिए। त्यही दर्ता गराएका कारण उनको राजिनामा कम्पनी निश्चित गरेको थियो र यो घटना त्यहि वर्षको फेब्रुअरीबाट सुरु भएको यूक्रेनी सङ्कटसँग सम्बन्धि रहेको विश्वास गरिएको थियो।[20] तथापि, डुरोभ आफैले ३ अप्रिल २०१४ मा एक अप्रिल फुल मा (अप्रिल महिनाको पहिलो दिनमा ठट्टा गरिने प्रचलन) गरिएको ठट्टा रहेको कुरा दावी गरेका थिए। २१ अप्रिल २०१४ मा, डुरोभलाई कार्यकारी अधिकृतको रूपमा निकालिएको थियो।[21] एक महिना पहिले उनको राजिनामा फिर्ता लिने पत्र निकाल्न असमर्थ रहेको दावी गरेका थिए ।[22] त्यसपछि डुरोभले कम्पनीलाई प्रभावकारी रूपमा भ्लादिमिर पुटिनको राजनीतिक हलचलले प्रभाव परेको उनले बताएका थिए । त्यस समय देशमा इन्टरनेट व्यवसाय योग्य नभएको भन्दै उनले रुस छोडे र नफर्किने योजना बताएका थिए।[23]

१६ सेप्टेम्बर २०१४ मा, मेल डटरू समूहले युनाइटेड क्यापिटल पार्टनर्सबाट १.५ बिलियन अमेरिकी डलरमा कम्पनी ४८% भाग खरिद गरेको थियो [24][24]जसले गर्दा यो सामाजिक सञ्जालको एकमात्र प्रदायक बनेको थियो।[25]

मे २०१७ मा, यूक्रेनी राष्ट्रपति पेट्रो पोसोशेनकोले मेल डटरू सहित व्यापक रूपमा प्रयोग गरिएको सामाजिक सञ्जाल भिकन्तेक्तर ओड्नोसनिकिलाई प्रतिबन्ध गर्ने एक निर्णयमा हस्ताक्षर गरेका थिए।[26][27][28]

भिकेले, युक्रेनको राजधानी किभमा रहेको मुख्यालयलाई जुन २०१७ मा बन्द गरेको थियो ।[29]

वेबसाइट

Thumb
२०१५ अघिको भिकेको लोगो

यसको मुख्य कार्यक्षमता निजी सन्देश, तस्वीर, लेख अद्यावधिक र मित्रहरूसँग सम्पर्कमा आधारित रहेको छ। भिकेसँग अनलाइन समुदायहरू र चर्चित व्यक्तिहरूको पृष्ठहरू प्रबन्ध गर्ने उपकरण पनि रहेको छ।साइटले यसको प्रयोगकर्ताहरूलाई श्रव्य दृश्यका सामग्री उर्ध्वभरण गर्न, खोज्न र श्रव्य दृश्य र सङ्गीत अनलाइन मार्फत बजाउन अनुमति दिन्छ। भिके एक उन्नत खोज संयन्त्र पनि हो, जसले साथीहरू खोज्न लागि जटिल प्रश्नहरू साथै साथै वास्तविक समय समाचार खोज गर्ने अनुमति दिन्छ। भिकेमा यस्तो सुबिधा युक्त विशेषता अप्रिल २०१६ मा निर्माण गरिएको थियो।[30]

विशेषता

१) सन्देश भिकेमा निजी सन्देशहरू २ देखि ५०० व्यक्तिहरूको समूह बीचमा आदनप्रदान गर्न सकिन्छ। एउटा विडाँक ठेगाना प्राप्तकर्ताको रूपमा पनि निर्दिष्ट गर्न सकिन्छ । प्रत्येक सन्देशहरूमा १० वटा सम्म सामग्रीहरू समावेश हुन सक्दछन् जसमा तस्वीर, श्रव्य दृश्य, श्रव्य, नक्सा र कागजातहरू पर्दछन्।[31] २) समाचार भिकेमा प्रयोगकर्ताहरूले उनीहरूको प्रोफाईलमा लागेका लेखहरू हाल्न सक्छन्, हरेकमा १० वटा सम्म सामग्रीहरू समावेश हुन सक्दछन् जसमा मिडिया फाइल, नक्सा र कागजातहरू समावेश हुन सक्दछन् (ढाँचाको लागि माथि हेर्नुहोस्) । यसले प्रयोगकर्ताको उल्लेख र ह्यासट्याग (#) पनि समर्थन गर्दछ । धेरै तस्बिर पठाउनु परेमा, पूर्वावलोकन स्वचालित रूपमा नापिन्छ र एक पत्रिका-शैलीमा व्यवस्थित गरिन्छ। सबै समाचारहरू (पूर्वनिर्धारित) रूपमा एकैसाथ देखा पर्दछन् तर प्रयोगकर्ताहरूले सबैभन्दा रोचक समाचारहरूको सङ्गालोमा परिवर्तन गर्न सक्छन्। ३) समुदायहरू भिकेमा तीन प्रकारका समुदायहरू रहेका छन्। समूहहरू विकेन्द्रीकृत समुदायहरूको लागि उपयुक्त रहेको छ जसमा छलफल-बोर्ड, विकि-शैली युक्त लेखहरू र सबै सदस्यहरूद्वारा सम्पादन गर्न सकिने सामग्री, आदि पर्दछन्। समाचारमा रहेका सार्वजनिक पृष्ठहरू चर्चित व्यक्तित्व र व्यवसायहरूका लागि एक अभिमुख प्रसारण उपकरण हो. तेस्रो प्रकारको सामुदायिक कार्यक्रमहरूलाई घटनाहरू भनिन्छ, जुन सङ्गठन र कार्यक्रमहरू व्यवस्थित गर्न उपयुक्त तरिकामा प्रयोग गरिन्छ।[32]

Thumb
भिकेमा रहेको लाइक (मन परेको) चिन्ह (रुसी तरिकाको)

४) मनपराउँदा प्रयोग हुन् कुञ्जी भिकेले मनपराउँदा प्रयोग हुन् कुञ्जी: लेख, टिप्पणी, मिडिया र अन्य सामग्रीहरूमा फेसबुक भन्दा फरक तरिकाबाट सञ्चालन गदर्छ। मनपरेका सामग्रीहरू स्वचालित रूपमा प्रयोगकर्ताको फोफाइलमा घेरिएका हुदैनन्, तर यसको सट्टा निजी मनपर्ने खण्डमा गई बचत हुने गर्दछन्। प्रयोगकर्ताले उनीहरूको प्रोफाइलमा सामग्रीहरू साझेदारी गर्न वा अरु साथीहरूलाई पठाउनको लागि 'साथीसँग साझेदारी गर्नुहोस्' नामक कुञ्जी थिच्नु पर्ने हुन्छ। ५) गोपनियता प्रयोगकर्ताहरूले सञ्जाल र इन्टरनेटमा उनीहरूको सामग्रीको उपलब्धता नियन्त्रण गर्न सक्छन्। खाली र अनुदान गोपनीयता सेटिङहरू, पृष्ठ र व्यक्तिगत सामग्रीको लागि उपलब्ध रहेका हुन्छन्। ६) अरू सामाजिक सञ्जालहरूसँगको सहकार्य भिकेमा प्रकाशित कुनै पनि समाचार फेसबुक वा ट्विटरमा देखा पर्छन्। निश्चित समाचारहरू "पठाउनुहोस्" बटनको छेउमा रहेको सम्बन्धित लोगोमा क्लिक गरी प्रकाशित नहुन सक्छन्। भिकेमा सम्पादन गर्नाले फेसबुक वा ट्विटरमा सामग्री परिवर्तन हुदैनन् त्यसस्तै जस्तो टुविटर वा फेसबुकमा सामग्रीहरू परिवर्तन गर्नाले भिकेमा सामग्रीहरू परिवर्तन हुदैनन्। यद्यपि, भिकेमा कुनै सामग्रीहरू हटाउनाले अन्य सामाजिक सञ्जालबाट पनि सामग्रीहरू हट्नेछन्। ७) संक्षिप्त सन्देश सेवा रूसी प्रयोगकर्ताहरूले निजी सन्देशहरू प्राप्त गर्न र जवाफ दिन सक्छन् वा सामुदायिक समाचारहरूको लागि संक्षिप्त सन्देश सेवाको प्रयोग गर्न टिप्पणी छोड्न सक्छन्। ८) सङ्गीत प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरू द्वारा उर्ध्वभरण गरिएका श्रव्य फाईलहरूमा पहुँच योग्य हुन्छन्। यसको अतिरिक्त, प्रयोगकर्ताहरू आफैले फाईलहरू उर्ध्वभरण गर्न सक्छन्। प्रयोगकर्ताहरूले प्रवाहसूची सृजना गर्न र सन्देश र श्रव्य एकैसाथ अरूसँग साझा गर्न सक्छन्। उर्ध्वभरण गरिएका अडियो फाइलहरूले प्रतिलिपि अधिकार कानुनको उल्लङ्घन गर्न हुदैन।[33]

  • श्रव्य दृश्य भिकेमा श्रव्य दृश्य हेर्न र आाफैले उर्ध्वभरण गर्ने मिल्ने सुबिधा पनि रहेको छ।[34]

लोकप्रियता

Thumb
८ नोभेम्बर २०१५ का अनुसार सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल
  भिकन्टेक्ट
  क्युजोन
  ओड्नोकलासनिकि
  फेसनामा
  तथ्याङ्क उपलब्ध छैन

मे २०१७ मा, अलेक्सा इन्टरनेटको अनुसार भिके युरोप र एसियाको सिमानामा पर्ने देशहरूमा सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट मध्ये एक हो।

क) सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट रुस;[35] ख) दोस्रो सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट बेलारुस;[36] ग) तेस्रो सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट कजाख्स्तान;[37] घ) चौथो सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट इस्टोनिया,[38] किर्गिजस्तान[39]मोल्डोभा[40] ङ) ५ औँ सबैभन्दा भ्रमण गरिएको वेबसाइट लात्भिया[41] मे २०१७ सम्म यूक्रेनी सरकारले यूक्रेनमा भिकेको प्रयोगलाई प्रतिबन्ध लगाउन अघि यो यूक्रेनमा चौथो सबैभन्दा धेरै हेरिएको वेबसाइट थियो ।[26] मे २०१८ को फ्याक्टम समूहद्वारा आयोजित एक अध्ययनका अनुसार, यूक्रेन भिके चौथी सबैभन्दा धेरै हरिएको वेबसाइट रहेको थियो तर फेसबुक भने भिके भन्दा दुई गुणा धेरै भ्रमण गरिएको वेबसाइट रहेको थियो ।[42]

भाषाहरू

म् २०१८ मा यो साइटमा ८६ वटा भाषाहरूमा उपलब्ध रहेको छ, जबकि विज्ञापनहरू मात्र रूसी र युक्रेनी संस्करणहरूमा देखाइएको छ। रूसी बोल्ने प्रयोगकर्ताहरूले मानक रूसी संस्करण र दुई अतिरिक्त: सोभियत संस्करण र पूर्व-क्रान्तित्मक संस्करण बिच चयन गर्न सकिन्छ। सोभियत संस्करणमा सबै निजी सन्देशहरूमा एउटै छापहरू रहेको छ 'सर्भर सेन्सरसिप पार'। पूर्व क्रान्तिकारी संस्करणले पुरानो पारम्परिक हिज्जे प्रणालीको प्रयोग गर्दछ । दबै अतिरिक्त संस्करणहरू पनि विज्ञापन-मुक्त रहेका छन्।

ब्याण्ड र सङ्गीतकारहरूको प्रचारमा प्रयोग

प्रायः प्रर्दशनका लागि भिके प्रयोग गर्ने सङ्गीतकारहरूले आफ्नो आधिकारिक भिके पृष्ठहरूमा आफ्नै सङ्गितहरू उर्ध्वभरण गर्ने गर्दछन्। उल्लेखनीय उदाहरणका लागि अन्तर्राष्ट्रिय चर्चित सङ्गितकारहरू समावेश छन् जसमा: टिस्टो,[43] सकिरा,[44] पल भ्यान डायक,[45] द प्रोडिजि,[46] ड्यान बालन,[47] लिम्प बिज्किट,[48] इरोज रामजोत्ति,[49] मारिलेन मन्सोन,[50] मोबि,[51] द अफस्प्रिङ [52] आदि पर्दछन्।

समस्या र आलोचनाहरू

Thumb
सेन्ट पिटर्सवर्गमा रहेको भिकेको प्रधान कार्यलय

प्रतिलिपि अधिकार समस्याहरू

मुद्दा

सन् २००८ मा, प्रमुख रूसी टेलिभिजन च्यानल टिभी रूस (पहिलाको नाम आरटिआर १९९१–२००२ सम्म) र (त्यसपछि रूस १) र टेलिभिजन कम्पनी सबै-रूस राज्य टेलिभिजन र रेडियो प्रसारण कम्पनीले भिकन्तेक्तबिरुद्ध भिकेका एक प्रयोगकर्ताले उर्ध्वभरण गरेका दुई चलचित्रहरूको अनियमित प्रतिलिपिहरूलाई अनाधिकृत प्रयोग गरेकोमा सन् २०१० मा यो विवाद सामाजिक सञ्जालको पक्षमा रूसी सर्वोच्च मध्यस्थता न्यायालयमा बसेको थियो। अदालतले भिके प्रयोगकर्ताहरूका प्रतिलिपि अधिकार उल्लङ्घनको लागि जिम्मेवार नरहेको, र त्यसको आधारमा दुवै पक्षहरूले अवैध सामग्री हाल्न प्रयोगकर्ताको पहिचान गर्ने प्राबिधिक सम्भावनाको साथ सहमत भएमा, परिणामस्वरूप, दायित्वको खतरा मोल्न पक्का हुनु पर्ने निर्णय सार्वजनिक गरेको थियोे ।[53] सन् २०१२ मा सोहि अदालतले प्रतिलिपि अधिकार सामग्रीको सन्दर्भमा सक्रियता नदेखिएको भन्दै ७००० अमेरिकी डलर तिर्नको लागि भिकेलाई आदेश दिएको थियो ।[54]

प्रतिलिपि अधिकार उल्लङ्घन विरुद्ध प्रयास

भिकेले प्रतिलिपि अधिकार धारकहरूको लागि सामाग्री हटाउने उपकरण प्रदान गर्दछ ।[55][56]

सन् २०१० मा, भिकेले कानूनी सामग्री प्रदायकहरू जस्तै टेलिभिजन सञ्जाल[57] र स्ट्रिमिङ प्रदायकहरूको[58] साथमा धेरै साझेदारीहरू गरेको छ । यो साझेदारीले प्रदायकहरूलाई प्रयोगकर्ताद्वारा उर्ध्वभरण गरिएको सामग्रीलाई भिकेबाट हटाउन अनुमति दिन्छ र प्रदायक साइटको कानूनी रूपमा मान्यता पाएको सामग्रीहरू प्रतिलिपिहरूको साथमा यसलाई स्थानान्तरण गर्दछ ।[59] यो कानुनी मान्यता युक्त सामग्रीहरू, प्रदायक छनौटहरूको आधारमा विज्ञापन प्रायोजित, सदस्यता आधारित, वा निःशुल्क हुन सक्छन् । भिकेले आफ्नो सङ्गीत वा भिडियो खण्डमा आाफ्ना बिज्ञापनहरू प्रदर्शन गर्दैन । अक्टोबर २०१३ मा, सेन्ट पिटबर्गको एक अदालतले भिकन्टेक्टमा लागेका प्रतिलिपि अधिकार उल्लङ्घन शुल्कहरू हटायो । [60]न्यायाधीशले, सामाजिक सञ्जालको रूपमा यसका प्रयोगकर्ताहरुद्वारा उर्ध्वभरण गरिएका सामग्रीको लागि यो जिम्मेदार नभएको घोषण सार्वजनिक गरेका थिए ।

नोभेम्बर २०१४ मा, सञ्चार सेवा, सूचना प्रविधि र सार्वजनिक मिडिया, लागि सङ्घीय सेवाका प्रमुख म्यासिम केन्जोभले, भिकन्टक्टेले सन् २०१५ को सुरुवात देखि सामग्रीको वैधिकरण प्रक्रिया पूरा गर्ने बताएका थिए ।[61]

वेबसाइट भएको डिडिओएस आक्रमण

यस सामाजिक सञ्जाल रूसकै सबैभन्दा लोकप्रिय र धेरै भ्रमण गरिएको वेबसाइट हो, यसको भ्रमणले साना साइटहरूमा डिडोओएस आक्रमणहरू गर्न प्रयोग गर्न सकिन्छ । भिकेले केहि साइटहरूमा डिडिओएस आक्रमणहरूको प्रदर्शन गरेको थियो जसमा यसले प्रयोगकर्ताहरूले प्रयोग गरेका ब्राउजरमा उनीहरूको सहमति बिनानै लक्ष्य साइटहरूमा धेरै अनुरोधहरू पठाएको थियो । सन् २००८ मा यसको लक्ष्यहरूमा रुनेट पुरस्कारको मतदान पृष्ठ[62] रहेको थियो र सन् २०१२ मा क्याप्चा समाधान गर्ने सेवा एन्टिगेट डटकम रहेको थिय‍ो ।[63][64]

कालोसूचीमा

२४ मे २०१३ मा, यस वेबसाइटलाई गलत तरिकाले रूसी सरकार द्वारा प्रतिबन्धित वेबसाइटहरूको एक सूचीमा राखेको बताइएको थियो ।[65]

इटाली सम्बन्धि आलोचना

१८ नोभेम्बर २०१३ मा, रोमको अदालतले दिएको एक आदेश अनुसार, मेदुसा फिलिमको, एक एउटा चलचित्रको गैरकानूनी प्रतिलिपि साझेदारीको गरेको भन्दै शिकायत गरेपछि भिकेलाई इटालीमा रोक लगाईएको थियो ।[66] तथापि, अप्रिल २०१५ मा, यो इटालियन प्रयोगकर्ताहरूको लागि फेरि खोलिएको थियो र यसको मोबाइल अनप्रयोग दुवै एप स्टोर र गूगल प्लेमा उपलब्ध गराइएको थियो ।

संस्थापक पाभेल दुरोभको राजिनामा

१ अप्रिल २०१४ मा, डुरोभले आफ्नो पदबाट राजिनामा दिने घोषण गरेका थिए । त्यही घोषणका अनुसार उनको राजिनामा कम्पनी निश्चित गरेको थियो । तथापि, डुरोभ आफैले ३ अप्रिल २०१४ मा एक अप्रिल फुल मा (अप्रिल महिनाको पहिलो दिनमा ठट्टा गरिने प्रचलन) गरिएको ठट्टा रहेको कुरा दावी गरेका थिए । २१ अप्रिल २०१४ मा, डुरोभलाई कार्यकारी अधिकृतको रूपमा निकालिएको थियो । एक महिना पहिले उनको राजिनामा फिर्ता लिने पत्र निकाल्न असमर्थ रहेको दावी गरेका थिए । त्यसपछि डुरोभले कम्पनीलाई प्रभावकारी रूपमा भ्लादिमिर पुटिनको राजनीतिक हलचलले प्रभाव परेको उनले बताएका थिए ।[67][68]

चिन सम्बन्धि आलोचना

जनवरी २०१६ मा, चीनले भिकन्टेक्टलाई प्रतिबन्ध लगाएको थियो । रूसको मिडिया वाचको अनुसार, सञ्जालको चीनमा अनुमानित ३००,००० प्रयोगकर्ताहरू रहेका थिए ।[69] १४ फेब्रुअरी २०१८ को अनुसार, चीन प्राधिकरणहरूले भिकन्टेक्टफाई प्रतिबन्ध फुकुवा गरेको थियोे र यसलाई देशमा पहुँचयोग्य बनाइएको थियो ।[70]

कार्यक्रम र परियोजनहरू

ह्याकथन

भिकले सन् २०१५ मा ३१ अक्टोबर देखि १ नोभेम्बर सम्म उनीहरूको पहिलो २४-घण्टे ह्याकथन सञ्चालन गरेको थियो । सहभागीहरूलाई "साधारण बनाउनुहोस्" (रूसी: «Упрощайте!») नामक एउटै विचारद्वारा एकताबद्ध परियोजना विकास गर्न निमन्त्रणा गरिएको थियो । यस प्रतियोगितामा ३४ टोलीहरूले भाग लिएका थिए । विजेताहरू बीच ३०० हजार रूबलको पुरस्कार विभाजित गरिएको थियोे ।[71]

भिकेले दोस्रो ह्याकथन २६ नोभेम्बर देखि २७ नोभेम्बर २०१६ सम्म आयोजना गरेको थियो । सहभागीहरूले सामुदायिक एप प्लेटफर्मको लागि परियोजनाहरू विकास गरेका थिए । कार्यक्रमको लागि पुरस्कार ३०० हजार रूबल रहेको थियो ।[72]

भिकेले आफ्नो तेस्रो ह्याकथन २० सेप्टेम्बर देखि २२ अक्टोबर २०१७ सम्म आयोजना गरेको थियो । यसमा पुरस्कार दश लाख रूबल रहेको थियो ।[73]

स्टार्ट फेलोज

२०११ मा, पभेल डुरोव र युरी मिलनरले स्टार्ट फेलोज नामक, प्रविधिको क्षेत्रमा परियोजनाहरू समर्थन गर्न एक अनुदानमुलक कार्यक्रमको स्थापना गरे । सन् २०१४ मा, भिकेले स्टार्ट फेलोज कार्यक्रम लियो र यसलाई अझ बढि व्यवस्थित ढङ्गले सञ्चालन गर्यो । यो अनुदान प्रत्येक महिना ३ कम्पनीहरूमा प्रदान गरिएको थियो र भिके प्लेटफर्ममा विज्ञापनको लागि २५ हजार रूबल सहित भिकेबाट परियोजना परामर्श पनि समावेश गरिएको थियो ।

भिकेले सन् २०१७ मा यो परियोजना पुन: सुरुवात गर्यो । आय परिमार्जनका साथ मात्र सक्रिय परियोजनाहरूले निवेदन पेश गर्न सक्ने गरी यसको सृजना गरिएको थियोे । यसको कुल पुरस्कार २.५ मिलियन रूबल रहेको थियो ।[74]

भिके कप

पहिलो भिके कप, १३ देखि २३ वर्षको उमेरका युवा प्रोग्रामरहरूको लागि एक प्रोग्रामिङ च्याम्पियनसिप कार्यक्रम १६ जुलाई २०१२ मा सेन्ट पिटर्सवर्ग, रूसमा आयोजना गरिएको थियो ।

भिके र कोडफ्रोर्सले दोस्रो भिके कप प्रोग्रामिङ च्याम्पियनसिपलाई संयुक्त रूपमा सञ्चालन गरेका थिए जुन २४ जुलाई देखि २७ जुलाई २०१५ सम्म आयोजना भएको थियो । विजेताहरूले कुल १,०४८,५७६ रूबल प्राप्त गरेका थिए ।[75]

तेस्रो भिके कप १ जुलाई देखि ४ जुलाई २०१६ सम्म आयोजना भएको थियो र यसको बिजेताले २.५ मिलियन रुबल पुरस्कार प्राप्त गरेको थियो ।[76]

भिके र कोडफोर्सले चौथो भिके कपलाई संयुक्त रूपमा सञ्चालन गरेका थिए जुन ८ जुलाई देखि ९ जुलाई २०१७ सम्म आयोजना भएको थियो । ५२ देशका टोलीहरूले प्रतियोगितामा भाग लिनएका थिए । प्रतियोगिताको लागि पुरस्कार २.५ मिलियन रूबल रहेको थियो ।[77]

भिके सङ्गीत पुरस्कार

पहिलो भिके सङ्गीत पुरस्कार समारोह २५ डिसेम्बर २०१७ मा भएको थियो ।[78] पुरस्कार समारोह एक अनलाइन लाइभ स्ट्रीम को रूपमा आयोजित गरिएको थियो ।[79] कुनै पनि भिके प्रयोगकर्ता प्रत्यक्ष प्रसारण हेर्न सुबिधा रहेको थियो । समारोह पछि, एक निजी सङ्गीत कार्यक्रम मास्कोमा रहेको भेगस सिटी हलमा आयोजना गरिएको थियो । कार्यक्रमको टिकट भिके सङ्गीत समुदायमा आयोजित एक प्रतियोगिताको माध्यमले जित्न सकिने व्यवस्था रहेको थियो ।[79] भिके सङ्गीत पुरस्कारकारका बिजेता हात पार्नको लागि कुनै पनि सङ्गीत सङ्ख्यात्मक हिसाबले धेरै बजाइएको गितका गायक/गायिकालाई भिके र बुम एप मार्फत निर्धारण गरिएको थियो । बिजेता ३० कलाकारहरूको नाम भिके सङ्गीत पुरस्कारको आधिकारिक सामुदायिक पृष्ठ र बुम एपको वेबसाइट मार्फत सार्वजनिक गरिएको थियो । सबै पुरस्कार बिजेताका आधिकारिक पृष्ठहरू विशेष सङ्केतद्वारा छुट्ट्इएको थियो ।[80]

भिके उत्सव

सन् २०१५ देखि, भिकेले एक वार्षिक २-दिने खुला-वायु सङ्गीत र मनोरञ्जन उत्सव आयोजना गर्दै आइरहेको छ । यो उत्सव जुलाईमा ३०० एनिभर्सरी पार्क ,(रूसी: Парк имени 300-летия Санкт-Петербурга) सेन्ट पिटर्सवर्ग रूसमा आयोजना हुने गरेको छ । आयोजकको तथ्याङ्कको अनुसार, सन् २०१६ मा ७० हजार मानिसहरूको उपस्थिति रहेको थियोे भने जसमा सन् २०१७ मा यो सङ्ख्या ८५ हजार सम्म पुगेको थियो । सन् २०१७ मै ४० कलाकारहरूका समूहहरूले ३ वटा मञ्चमा प्रस्तुति दिएका थिए । १.५ मिलियन भन्दा धेरै व्यक्तिहरूले त्यो महोत्सवको आधिकारिक प्रत्यक्ष प्रसारण हेरेका थिए ।[81]

दान कार्य

धेरै वर्षसम्म, भिकेले दान कार्यमा विशेष ध्यान दिदैआइरहेको छ जसमा पाभेल दुरोभले एक विशेष कुकुरको चित्र दानको बेलामा प्रर्दशन गर्दे अइरहेका छन् जुन सन् २०११ मा उनी आफैले बनाएका थिए ।[82]

१९ नोभेम्बर २०१५ मा, विश्व वन्यजन्तु कोषको सहयोगमा भिकेले, एक स्टिकरहरूको सङ्गालो सार्वजनिक गरेको थियोे जसमा जानवरको वर्णन, एक विशेष विश्व वन्यजन्तु कोषको पृष्ठको लिङ्क सहित गराइएको थियो र जसले प्रजातिहरूको सहयोग गर्न जानकारी दिएको थियो ।[83]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.