From Wikipedia, the free encyclopedia
ब्रायन एडम्स (अङ्ग्रेजी: Bryan Guy Adams, जन्म ५ नोभेम्बर १९५९, क्यानाडा) एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका 'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २०को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो [1]। उनका रेकर्डहरू विश्वभरिमा कम्तिमा साढे ६ करोड देखि १० करोडको संख्याको हाराहारीमा बिक्रि भएको बताइन्छ [2][3]। सन् २००८मा बिल्बोर्डको पचासौ वर्षगांठमा प्रकाशित श्रेणीमा उनी ३८सौ स्थानमा थिए[4]। उनले हाल सम्म १५औँ ग्रामी अवार्डमा बेस्ट सङ रिटन, बेस्ट रक भोकल, एमटीभी अवार्डमा बेस्ट स्टेज प्रोफम, क्यानडा र बेलायतमा पपुलर म्युजिक अवार्ड, अमेरिकन म्युजिक अवार्ड, लिड अवार्ड फर फोटोग्राफीलगायत विभिन्न अवार्ड हात पारिसकेका छन्।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
वर्ष (सन्) | शीर्षक | लेबल |
---|---|---|
१९८० | ब्रायन एडम्स | ए एण्ड एम रेकर्ड्स |
१९८१ | यू वान्ट इट यू गट इट | |
१९८३ | कट्स लाईक अ नाइफ | |
१९८४ | रेकलेस | |
१९८७ | इन्टू द फायर | |
१९८८ | लाईव ! लाईव ! लाईव ! | |
१९९१ | वेकिंङ् अप द नेवर्स | |
१९९३ | सो फर सो गुड | |
१९९६ | एटिन टिल आई डाई | |
१९९७ | MTV अनप्लग्ड | |
१९९८ | अन अ डे लाईक टुडे | |
१९९९ | द बेस्ट अफ मी | |
२००२ | स्पिरिट | |
२००३ | लाईव एट बुडोकैन | |
२००४ | रूम सर्विस | पौलिडोर |
२००५ | लाईव इन लिस्बन | |
२००८ | 11 |
२०६७ फागुन ७ गते मध्यान्ह सवा दुई वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका क्यानडेली रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरे। प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरूको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरू देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका थिए- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।' सङ्गीतको क्षेत्रमा मात्र नभएर फोटोग्राफीमा पनि त्यत्तिकै नाम कमाउन सफल ब्रायनले करिब २५ हजार दर्शकका बीचमा आफ्नो एल्बमका चर्चित गीतहरू साँझ ७:०० बजेबाट दुई घन्टासम्म प्रस्तुत गरेका थिए। ब्रायन एडम्सले काठमाडौंको दशरथ रंगशालामा साँझ साढे दुई घण्टासम्म आफ्नो चर्चित गीतहरू गाएर दर्शकलाई मख्ख पारेका थिए। ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.