![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e7/Baitadi_Sudurpashchim_locator.png/640px-Baitadi_Sudurpashchim_locator.png&w=640&q=50)
बैतडी जिल्ला
From Wikipedia, the free encyclopedia
बैतडी जिल्ला (सुन्नेⓘ) नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि२ क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो।[2] यो जिल्ला नेपालका अमर सहिद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]
बैतडी जिल्ला | |
---|---|
![]() बैतडी जिल्ला | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
सदरमुकाम | दशरथचन्द |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, बैतडी |
क्षेत्रफल | |
• जम्मा | १,५१९ किमी२ (५८६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४४४०० |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।[स्रोत नखुलेको]