बेबिलोनको झुलन बगैँचा
From Wikipedia, the free encyclopedia
बेबिलोनको झुलन बगैँचा जसलाई सेमिरौमिसको झुलन बगैँचा पनि भनिन्छ[1] प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो।[2] यो वर्तमान इराकको हिल्लाह नजिकै रहेको थियो। यो बगैँचाको निर्माण नेबुचाडनेजार दोस्रोले इसा पूर्व ६०० मा गराएका थिए। प्राचीन किम्बदन्ती अनुसार यस बगैँचाको निर्माण राजा नबुचाडनेजार दोस्रोले आफ्नो स्वास्नीलाई प्रसन्न गर्नका लागि गरेका थिए।[3] इसा भन्दा लगभग २ शताब्दी पूर्व एउटा भूकम्पमा यो बगैँचा पूर्ण रूपमा नष्ट भएको थियो।[4]