प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
प्रदेशसभा निर्वाचन नेपालको नवनिर्मित सात प्रदेशहरूको प्रदेश सभाको गठनको लागि प्रतिनिधि सभा निर्वाचनसँगै दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको थियो। नेपालको सात वटै प्रदेशको प्रदेश सभाको लागि तय गरिएको ५५० सिटको (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट २२०) लागि यो निर्वाचन सम्पन्न गरिएको थियो। यो निर्वाचनले नेपाललाई एक सङ्घीय संरचनामा परिवर्तन गरेको थियो[1] भने अर्को प्रदेश सभाको निर्वाचन प्रदेश सभा निर्वाचन, २०७९ मा हुनेछ।