समानुपातिक प्रतिनिधित्व प्रणाली
From Wikipedia, the free encyclopedia
समानुपातिक प्रतिनिधित्व प्रणाली भनेको कुनै दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बरावरको स्थानमा निर्वाचित हुने प्रणाली हो । यस प्रणाली एकभन्दा बढी स्थान हुने क्षेत्रमा मात्र लागू गर्न सकिन्छ । एकमात्र स्थान भएको अवस्थामा समानुपातिक तरिका विभाजन गर्न सकिदैन त्यस्तो अवस्थामा यो प्रणाली लागू हुन सक्दैन । यो प्रणालीमा मतदातालाई राजनैतिक दल वा दुवै लाई छनौट गर्न पाउने अवसर प्राप्त हुन्छ । यो प्रणाली प्रतिनिधिमूलक विधायिका स्थापना गर्न सहयोगी सिद्ध भएको छ । स-साना दलहरुले पनिप्राप्त गरको मतको अनुपातमा आफ्ना तर्फवाट प्रतिनिधि पठाउन सक्छन् । प्रतिनिधित्व प्राप्त गर्नका लागि मतको न्यूनतम सीमा (Threshhold) तोकिएको हुन्छ र न्यूनतम सीमा सम्म मत प्राप्त गर्ने दलले आफ्नो प्रतिनिधि विधायिकामा पठाउन सक्षम हुन्छन् । यस्तो न्यूनतम सीमा विभिन्न देशमा फरक फरक तोकिएको छ । जस्तो इजराइलमा यस्तो सीमा १.५१, जर्मनीमा ५१, छ भने सिचेलसमा १०% छ ।[1]