![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cf/Payton_Royce_SD_April_2018.jpg/640px-Payton_Royce_SD_April_2018.jpg&w=640&q=50)
पिटन रोइस
From Wikipedia, the free encyclopedia
केसी म्याकइन्तोस (जन्म: १० नोभेम्बर १९९२) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।[8]
छरितो तथ्यहरू पिटन रोइस, वास्तविक नाम ...
पिटन रोइस | |
---|---|
![]() अप्रिल २०१८ मा रोइस | |
वास्तविक नाम | केसी म्याकइन्तोस [1] |
जन्म | (1992-11-10) १० नोभेम्बर १९९२ (उमेर ३१)[1] सिड्नी, अस्ट्रेलिया[1] |
निवासस्थान | फ्लोरिडा, अमेरिका[2] |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | पिटन रोइस[1] केसी[3] केसी क्यासडि[1] |
उचाई | ५ फिट ७ इन्च (१७० सेमी)[4] |
तौल | १३२ पाउन्ड (९ स्टोन ६ पाउन्ड; ६० किग्रा)[5] |
उत्पत्ति | अस्ट्रेलिया[6] सिड्नी[4] |
प्रशिक्षक | म्याडिसन इगल[1] लेन्स स्टोर्म[7] प्रो रेस्लिङ एलायन्स अस्ट्रेलिया[7] |
पदार्पण | २८ फेब्रुअरी २००९[5] |
बन्द गर्नुहोस्
सन् २००९ फेब्रुअरीमा म्याकइन्टोसले प्रो रेस्लिङ विमिन्स एलाइन्समा केसी क्यासडीको नामले कुस्तीमा पर्दापण गरेकी थिइन् र त्यसपछि उनले केही वर्ष सम्म स्वतन्त्र सर्किट र अन्य विभिन्न कार्यक्रममा कुस्ती खेलेकी थिइन् भने उनी एक पटक पिडब्ल्यूए महिला विजेता र भेरा र जेनी स्मारक कप जित्न सफल भएकी थिइन्।[9][10] म्याकइन्टोसले सन् २०१५ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[11]