पाकिस्तानको निर्वाचन आयोग
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
पाकिस्तानको निर्वाचन आयोग [lower-alpha 1] एक आश्रित, गैर-स्वायत्त, स्थायी र संवैधानिक रूपमा स्थापित सङ्घीय निकाय हो जुन राष्ट्रिय संसद, प्रादेशिक व्यवस्थापिका, स्थानीय सरकार, र पाकिस्तानको राष्ट्रपतिको निर्वाचन, साथै निर्वाचन क्षेत्रहरूको सीमाङ्कन र मतदाता नामावलीको तयारीको लागि जिम्मेवार छ। पाकिस्तानको संविधानमा उल्लिखित सिद्धान्त अनुसार निर्वाचन इमान्दारीपूर्व, न्यायोचित, निष्पक्ष र कानून बमोजिम सम्पन्न भएको र भ्रष्ट आचरण कायम नरहेको सुनिश्चित गर्न आयोगले आवश्यकता अनुसार यस्तो व्यवस्था गर्दछ। निर्वाचन आयोगको गठन २३ मार्च १९५६ मा भएको थियो र यसलाई पाकिस्तानको इतिहासमा धेरै पटक पुनर्गठन र सुधार गरिएको छ।[1][2]
इस्लामाबाद स्थित प्रधान कार्यालय | |
निकाय विवरण | |
---|---|
गठन | 23 मार्च 1956[1] |
अधिकार क्षेत्र | पाकिस्तान |
आदर्श वाक्य | स्वतन्त्र, निष्पक्ष, समदर्शी |
निकाय कार्यकारी |
|
वेबसाइट | ecp |
मुख्य निर्वाचन आयुक्त र उच्च अदालतका चार अवकाशप्राप्त न्यायाधीश, देशको चार प्रदेशहरूमा (पञ्जाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा) मध्ये एकबाट निर्वाचन आयोगको पाँच सदस्यीय प्यानल गठन गर्छन्। वर्तमान मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा हुन्।[3] सन् २०१८ पाकिस्तानी आम निर्वाचन निर्वाचन ऐन २०१७ अन्तर्गत सम्पन्न गरिएको थियो, जुन २ अक्टोबर २०१७ मा राष्ट्रिय सभाले पारित गरेको थियो।[4]
पाकिस्तानको निर्वाचन आयोगको काम र कर्तव्यहरू पाकिस्तानको संविधानको धारा २१९ मा परिभाषित र निर्धारण गरेको छ। यसका निम्न कर्तव्यहरूको रहेका छन्:
राष्ट्रिय सभा र प्रादेशिक व्यवस्थापिका (सिन्ध, पञ्जाब, खैबर पख्तुनख्वा र बलुचिस्तान) को प्रत्येक राष्ट्रिय आम निर्वाचनको प्रयोजनका लागि धारा २३९ अनुसार एक निर्वाचन आयोग गठन गरिनेछ। निर्वाचनको सम्बन्धमा गठित निर्वाचन आयोगको कर्तव्य निर्वाचनलाई व्यवस्थित र सञ्चालन गर्नु र निर्वाचन इमानदारीपूर्वक, न्यायोचित, निष्पक्ष र कानून बमोजिम सम्पन्न भएको सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्नु र भ्रष्ट आचरणबाट जोगिनु हुनेछ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.