![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c5/Bundesarchiv_Bild_183-B0628-0015-035%252C_Nikita_S._Chruschtschow.jpg/640px-Bundesarchiv_Bild_183-B0628-0015-035%252C_Nikita_S._Chruschtschow.jpg&w=640&q=50)
निकिता ख्रुश्चेभ
From Wikipedia, the free encyclopedia
निकिता सरगेयेभिच ख्रुस्चेभ (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)[1] शीत युद्ध को समयमा सोभियत सङ्घका सर्वोच्च नेता थिए।
निकिता ख्रुस्चेभ Никита Хрущёв | |
---|---|
![]() | |
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रथम सचिव | |
कार्यकाल १४ सेप्टेम्बर १९५३ – १४ अक्टोबर १९६४ | |
राष्ट्रपति | क्लिमेन्ट भरोसिलभ लिओनिद ब्रेजनेभ आनास्तास मिकोयमन |
प्रमुख | गिओर्गी मलेनकभ निकोलाई बुलगानिन निज |
पूर्वाधिकारी | जोसेफ स्तालिन |
उतराधिकारी | लियोनिद ब्रेझनेभ |
सोभियत सङ्घको मन्त्री परिषद्को प्रधानगण | |
कार्यकाल २७ मार्च १९५८ – १४ अक्टोबर १०६४ | |
फ्रल कोजलभ आलेक्सी कोसिगिन दिमित्री आस्तिनोभ लाजार कागानोभिच /आनास्तास मिकोयान | |
पूर्वाधिकारी | निकोलाई बुलगानिन |
उतराधिकारी | आलेक्सी कोसेगिन |
कार्यकाल २७ फेब्रुअरी १९५६ – १६ नोभेम्बर १९६४ | |
सहायक | आन्द्रे किरिलेङ्को |
उतराधिकारी | लिओनिद ब्रेजनेभ |
व्यक्तिगत विवरण | |
जन्म | (१८९४-०४-१५)अप्रिल १५, १८९४ रूसी साम्राज्य |
मृत्यु | (1971-09-11) सेप्टेम्बर ११, १९७१ (उमेर ५२) मस्को, रूस, सोभियत सङ्घ |
राष्ट्रियता | सोभियती |
राजनीतिक दल | सोभियत सङ्घको कम्युनिस्ट पार्टी |
जीवन साथी(हरू) | जोफ्रोसिनिया ख्रुस्चेभ (सन् १९१६–१९१९, मृत्यु) मारुसिया ख्रुस्चेभ (सन् १९२२, छुटिएको) निना ख्रुस्चेभ (सन् १९२३–१९७१) |
हस्ताक्षर | ![]() |
१९५० को दशकमा ख्रुश्चेभले स्वेज सङ्कट, स्पुतनिकको प्रक्षेपण, १९५७ को सिरियाली सङ्कट, १९६० को यू -२ घटना जस्ता ठूला विजयहरूका लागि कडा समर्थन पाएका थिए। सन् १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युबा क्षेप्यास्त्र सङ्कटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भएको थियो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्याएको थियो जो पछि क्रमशः शक्तिमा आउँदै अक्टोबर १९६४ मा उनलाई हटाएका थिए। यद्यपि, उनले सोभियत सोभियत सङ्घको अघिल्ला शक्ति सङ्घर्षको जस्तो घातक नियती भोग्नु परेन। ख्रुश्चेभको मृत्युु सन् १९७१ मा हृदयघातबाट भएको थियो।