स्वेज सङ्कट, वा दोश्रो अरब-इजरायल युद्ध,[10][11][12]त्रीपक्षीय आक्रमण (अरबी: العدوان الثلاثي) अरब जगतमा [13] र इजरायल मा सिनाइ युद्ध ,[14] १९५६को उत्तरार्धमा इजिप्ट माथि इजरायल, र पछि संयुक्त अधिराज्य र फ्रान्स ले गरेको आक्रमण थियो । यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति नासेर, जसले नहरलाई राष्ट्रियकरण गरेका थिए, लाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो।[15] सन् १९५६ मा पहिले इजराइल तथा पछि ब्रिटेन र फ्रान्सद्वारा मिस्र माथि गरिएको आक्रमणलाई स्वेज संकट (Suez Crisis) भनिन्छ। युद्ध शुरू भए पछि संयुक्त राज्य अमेरिका राष्ट्रपति ड्वीट डी. आइजेनहावर, सोवियत सङ्घ र संयुक्त राष्ट्र सङ्घले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देशहरू पछि हट्नलाई बाध्य भए। यसले संयुक्त अधिराज्य र फ्रान्सलाई लज्जित बनायो र नासेरको शक्तिलाई अझै मजबुत बनायो।[16][17][18]