नारद पुराण
From Wikipedia, the free encyclopedia
नारद पुराण स्वयं महर्षि नारदको मुखले भनिएको एक वैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्धगरिएको १८ पुराणहरूमध्येको एक हो। प्रारंभमा यो २५,००० श्लोकहरूको सङ्ग्रह थियो तर वर्तमानमा उपलब्ध संस्करणमा केवल २२,००० श्लोकहरू मात्र उपलब्ध छन्।[1] यस पुराणका विषयमा भनिन्छ कि यसको श्रवण गर्नाले पापी व्यक्ति पनि पाप मुक्त हुन्छन्। पापीहरूको उल्लेख गर्दै भनिएकोछ-जो व्यक्ति ब्रह्महत्याको दोषी हुन्छ, मदिरापान गर्दछ, मासु भक्षण गर्दछ, वेश्यागमन गर्दछ, तामसिक भोजन खान्छ तथा चोरी गर्दछ; त्यो पापी हो। यस पुराणको प्रतिपाद्य विषय हो विष्णु भक्ति। सपूर्ण नारद पुराण दुइ प्रमुख भागहरूमा विभाजित छ। पहिलो भागमा चार अध्याय छन् जसमा सुत र शौनकको संवाद छ, ब्रह्माडको उत्पत्ति, विलय, शुकदेवको जन्म, मन्त्रोच्चारको शिक्षा, पूजाको कर्मकाड, विभिन्न मासहरूमा पर्ने विभिन्न व्रतहरूको अनुष्ठानहरूको विधि र फल दिइएकाछ। दूसरे भागमा भगवान विष्णु को अनेक अवतारहरूको कथाहरू छ।[2] यो पुराण यस दृष्टिले काफी महत्त्वपूर्ण छ कि यसमा अठारह पुराणहरूको अनुक्रमणिका दिइएकोछ।
चित्र:Narad puran cover gitapress.gif नारद पुराण, गीताप्रेस गोरखपुरको आवरण पृष्ठ | |
लेखक | वेदव्यास |
---|---|
देश | भारत |
भाषा | संस्कृत |
संस्करण | पुराण |
विषय | विष्णु भक्ति |
प्रकार | हिन्दू धार्मिक ग्रन्थ |
पृष्ठ | २२,००० श्लोक |