नगर कार्यपालिका
From Wikipedia, the free encyclopedia
नगर कार्यपालिकामा एकजना प्रमुख, एकजना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफुमध्येबाट निर्वाचित गरेको ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेको ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।[1]
यसरी गाउँसभा र नगरसभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँँसभा र नगरसभाको कार्यकाल समाप्त हुनु भन्दा २ महिना अगाडि सदस्यको निर्वाचन हुनु पर्ने संविधानमा प्रावधान रहेको छ ।[2]