गाउँ सभा
From Wikipedia, the free encyclopedia
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित महिला) सहित ४ जना वडा सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वािचत गरेको २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।[1]
दलहरूले दुईजना महिला वडा सदस्यको लागि मनोनयन पत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर एक जना मात्र महिला सदस्यको लागि मनोनयन पत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।[2]