![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/66/Dulalthok_Village_03.jpg/640px-Dulalthok_Village_03.jpg&w=640&q=50)
दुलालथोक
From Wikipedia, the free encyclopedia
दुलालथोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा अवस्थित गाउँ हो । मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । दुलालको वासस्थानको रूपमा दुलालथोक नामाकरण गरिएको भएपनि अहिले सापकोटा, हुमागाईँ, चौलागाईं, गुरागाईं, गौतम, मिजार, तिमल्सेना, बानियाँ, आचार्य, घिमिरे आदि थरका मानिसहरू पनि यो गाउँमा बसेको पाइन्छ ।
छरितो तथ्यहरू दुलालथोक भमरकोट, देश ...
दुलालथोक
भमरकोट | |
---|---|
![]() | |
निर्देशाङ्क: २७°३८′७″उ॰ ८५°३६′१३″पू॰ | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
नगरपालिका | पाँचखाल |
उन्नतांश | १,१०० मिटर (३६०० फिट) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४५२१२ [2] |
क्षेत्रीय सङ्केत | ०११ |
बन्द गर्नुहोस्