From Wikipedia, the free encyclopedia
मार्क विलियम कालावे (जन्म:२४ मार्च १९६५), द अन्डरटेकरको नामले परिचित, एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित डब्ल्युडब्ल्युई नामक एक कुस्ती पदोन्नतिमन प्रदर्शन गर्छन्। उनी हाल डब्ल्युडब्ल्युई तथा पुरै कुस्ती क्षेत्रमा सबैभन्दा परिचित तथा सम्मानिय कुस्ती खेलाडीको रूपमा परिचित छन्। कालावेले सन् १९८७ मा व्यावसायिक कुस्ती कार्यकालको सुरुवात गरेका थिए भने उनले त्यसपछि विश्व क्लास च्याम्पियनसिप रेस्लिङ तथा अन्य साना कुस्ती पदोन्नतिहरूमा कुस्ती खेलेका थिए। उनले सन् १९८९ मा विश्व च्याम्पियनसिप रेस्लिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए र त्यसपछि उनको रिङ नाम मिन मार्क कालालस राखिएको थियो। कालावेले सन् १९९० मा तात्कालिक डब्ल्यूडब्ल्यूएफसँगको (हालको डब्ल्युडब्ल्युई) आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उनी हाल डब्ल्युडब्ल्युईका सबैभन्दा लामो समयसम्मका खेलाडी हुन् भने उनले आफ्नो कार्यकालको लगभग ३० वर्ष डब्ल्युडब्ल्युईमा बिताइसकेका छन्।
द अन्डरटेकर | |
---|---|
वास्तविक नाम | मार्क विलियम कालावे |
जन्म | हुस्टन, टेक्सस, संयुक्त राज्य | २४ मार्च १९६५
निवासस्थान | अस्टिन, टेक्सस |
जीवनसाथी(हरू) | जोडी लेन
( वि १९८९; सवि १९९९)सारा
( वि २०००; सवि २००७)मिसेल मेक्कुल
( वि २०१०) |
बच्चा | ४ |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | |
उचाई | ६ फिट १० इन्च[4] |
तौल | ३०९ पाउन्ड[4] |
उत्पत्ति | मृत उपत्यका[4] हुस्टन, टेक्सस |
प्रशिक्षक | बज सेयर |
पदार्पण | २६ जुन १९८७[3] |
डब्ल्यूडब्ल्यूएफसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेर उक्त पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेपछि उनको रिङ नाम द अन्डरटेकरमा परिवर्तन गरिएको थियो जसले व्यापक लोकप्रियताका साथ ख्यात कमाउन सफल भएको थियो भने उनको कुस्ती व्यवहार र रिङ प्रवेश गर्ने शैली एक अलौकिकतालाई प्रतिनिधित्व गर्न सफल भएको थियो जसकारण उनलाई द डेडम्यानको सङ्ज्ञा दिइएको थियो। उनले पछि सन् २००० को दशको सुरुवात तर्फ आफ्नो कुस्ती शैली तथा रिङ प्रवेश गर्ने शैलीलाई परिवर्तन गर्दै कुस्ती खेल्न आउने क्रममा मोटरसाइकल लिएर आउने गरेका थिए।[5] द अन्डरटेकरले डब्ल्युडब्ल्युईद्वारा आयोजना गर्ने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियाको विभिन्न शृङ्खलाहरूमा लगातार २१ जित हासिल गर्दै एक कीर्तिमानी राख्न सफल भएका थिए।
अन्डरटेकरले डब्ल्युडब्ल्युई/एफमा गरी कुल १७ उपाधिहरू जितेका छन् जसमा उनी चारपटक डब्ल्यूडब्ल्यूएफ/ई विजेता, तीनपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता, ६ पटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता, एकपटक डब्ल्युडब्ल्युई हार्डकोर विजेता र एकपटक डब्ल्यूसिडब्ल्यू ट्याग टिम विजेता बन्न सफल भएका छन्। डब्ल्युडब्ल्युई बाहिर उनले एकपटक युएसडब्ल्यूए संयुक्त विश्व ह्याभिवेट उपाधि र डब्ल्यूसिडब्ल्यूए टेक्सास ह्याभिवेट उपाधि जितेका छन्। डब्ल्युडब्ल्युईद्वारा आयजना गरिने विभिन्न वार्षिक कार्यक्रम तथा रेसलमेनियामा द अन्डरटेकरले भाग लिँदै उक्त कार्यक्रमको अन्तिम खेलमा कुस्ती खेलेका छन् जसमा पाँच रेसलमेनिया समावेश छ। [lower-alpha 1]
कालावेको जन्म सन् १९६५ मार्च २४ मा दिन हुस्टन टेक्ससमा भएको थियो। उनको बुबाको नाम कोम्प्टन कालावे (मृत्यु: सन् २००३ जुलाई २२) थियो भने उनको आमाको नाम बिटी क्याथरिन थियो।[6][7][8] कालावेका चार दाजुहरू; डेभिड, माइकल, पल र टिमोथी छन्। कालावेले वालट्रिप उच्च विद्यालयबाट स्नातक गरेका थिए भने उनी फुटबल र बास्केटबल खेल टोलीका सदस्य पनि थिए। कालावेले सन् १९८३ मा स्नातक पूर्ण गरेका थिए भने उनले टेक्सस, लुफ्किनमा रहेको एन्जलिना कलेजमा उच्च शिक्षा हासिलका लागि भर्ना भएका थिए। सन् १९८६ मा कालावे विश्वविद्यालयबाट अध्ययन गरिसकेपछि कुस्ती क्षेत्रमा प्रवेश गरेका थिए। [9][10][11][12]
द अन्डरटेकरलाई सबै समयमा महान कुस्ती खेलाडीको रूपमा वर्णन गरिएको छ।[13] सन् २०१३ मा द अन्डरटेकरलाई डिजिटल स्पाई पोलद्वारा डब्ल्युडब्ल्युईको महान कुस्ती खेलाडीको रूपमा अङ्कित गरिएको थियो।[14] आइजिएनले द अन्डरटेकरलाई हालसम्मका सबै सम्मान जनक कुस्ती खेलाडीको रूपमा वर्णन गरेको थियो।[15] स्पोर्ट्स इलुस्ट्रेटेडका लुक विङ्कीले द अन्डरटेकरलाई पचास सर्वोत्कृष्ट कुस्ती खेलाडीको सूचीमा सूचीकृत गरेका थिए।[16] सन् २००९ र सन् २०१० मा डब्ल्युडब्ल्युईद्वारा आयोजित रेसलमेनियाको २५ र २६औँ शृङ्खलामा द अन्डरटेकर र सन माइकल्स बीचको खेलले सोही वर्ष उत्कृष्ट खेल विधामा प्रो रेस्लिङ इलुस्ट्रेटेड र रेस्लिङ अब्जर्भर न्युजलेटर पुरस्कार जित्न सफल भएको थियो।[17][18] डब्ल्युडब्ल्युईका एक प्रख्यात खेलाडी द बिग सोले अन्डरटेकरलाई सबै समयका उत्कृष्ट कुस्ती खेलाडीको रूपमा वर्णन गरेका थिए भने मार्क हेन्रीले र डब्ल्युडब्ल्युईका अध्यक्ष भिन्स मिकम्यानले उनीहरूलाई मन पर्ने खेलाडीको रूपमा द अन्डरटेकरको नाम लिएका थिए। [19] डब्ल्युडब्ल्युईद्वारा अवकाशप्राप्त कुस्ती खेलाडी तथा हालका उद्धोषक जिम रोजले पनि द अन्डरटेकरलाई हालसम्मकै सबै उत्कृष्ट खेलाडीको रूपमा वर्णन गर्दै उनको प्रशंसा गरेका थिए।[20][21][22] सन् २०१६ मा गिनिज विश्व कीर्तिमानको खेल सत्रले द अन्डरटेकरले रेसलमेनियामा लगातार २१ पटक जित हासिल गर्न सफल भएको कुरा अवगत गराउँदै उनलाई त्यसको मान्यता पनि प्रदान गरेक थियो।[23] सन् २०१५ मा टेलिग्राफका पत्रकार टम फोर्डीले द अन्डरटेकरलाई विश्वका महान खेलाडीको रूपमा वर्णन गरेका थिए। [24]
कालावे र जोडी लेनको विवहा सन् १९८९ मा भएको थियो भने उनीहरूको पहिलो सन्तान सन् १९९३ मा जन्मिएका थिए।[25] कालावे र लेन बीचको सम्बन्ध विच्छेद सन् १९९९ मा भएको थियो। पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि कालावेले सन् २००० मा सारासँग विवहा गरेका थिए।[26] सन् २००१ मा साराले डब्ल्यूडब्ल्यूएफद्वारा आयोजित एक कुस्ती कार्यक्रममा देखा परेकी थिइन् भने तात्कालिक समयमा द अन्डरटेकर र डायमन्ड डालस पेज बीच द्वन्द्व चलिरहेको थियो भने उक्त कार्यक्रम मार्फत उनी कालावेको श्रीमती भएको कुरा खुलासा भएको थियो। विवहाको एक उपहारको रूपमा कालावेले आफ्नी श्रीमती साराको नामको टाटु आफ्नो घाँटीमा खोपाएका थिए भने उनको अनुसार उक्त टाटु खोपाउने क्रममा उनले अनेकौँ पीडा झेल्नु परेको थियो। कालावे र साराको दुई छोरीहरू छन् भने उनीहरूको सन् २००७ मा सम्बन्ध विच्छेद भएको थियो।[27] सन् २०१० मा कालावेले पूर्व कुस्ती खेलाडी मेसिले मिक्कुलसँग विवहा गरेका थिए भने उनीहरूको पहिलो सन्तान सन् २०१२ मा जन्मिएको थियो।
सन् १९९० को दशकमा द अन्डरटेकरले योकोजुना, साभियो भेगा, चार्ल्स राइट, द गुडविन्स र रिकिसीको साथ एक टोलीको गठन गरेका थिए भने उनीहरूको टोलीको नाम द बोन स्ट्रिट क्रु राखिएको थियो।[28] उक्त टोलीका सबै सदस्यहरूले उनीहरू टोलीको प्रतिकको रूपमा टाटु खोपाएका थिए भने द अन्डरटेकरले उक्त टोलीको नाम अङ्कित टाटु पेटमा खोपाएका थिए। कालावे मिश्रति मार्सल आर्टका अनुयायी हुन् भने उनले त्यहाँ प्रयोग गरिने एक चाललाई कुस्तीमा पनि भित्र्याएका छन्।[29]
कालावेले सन् १९९१ को सुबार्बन कमान्डो नामक एक चलचित्र मार्फत चलचित्र क्षेत्रमा पर्दापण गरेका थिए भने उनी उक्त चलचित्रमा हचको भूमिकामा रहेका थिए।[30] उनले पोल्टरगेस्ट: द लेगेसी र सेलिब्रिटी डेथम्याच जस्ता चलचित्रहरूमा पनि सहायक भूमिका निर्वाह गरेका थिए।कालावेलाई हालसम्म विभिन्न श्रव्य दृश्य खेलहरूमा समावेश गरिएको छ जसलाई डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको थियो। उनी डब्ल्यूडब्ल्यूएफ सुपर रेसलमेनिया[31] नामक एक श्रव्य दृश्य खेलबाट पर्दापण गरेका थिए जसलाई सन् १९९२ मा सार्वजनिक गरिएको थियो भने अन्तिममा उनी सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा निर्मित डब्ल्युडब्ल्युई २के२० मा समावेश भएका छन्।[32] उनी सन् २०१४ मा डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको २के१४ नामक श्रव्य दृश्य खेलमा एक प्रमुख भूमिकामा रहेका थिए। सन् १९९९ र जनवरी २००० सम्म द अन्डरटेकरको भूमिकालाई लिएर चाओस! कस्मिक्सले केही पुस्तकहरू सार्वजनिक गरेको थियो जसलाई बेउ स्मिथले लेखेका थिए।[33] यस द अन्डरटेकरको कुस्ती पृष्ठभूमि तथा खेल्नै शैलीहरू समावेश भएका छन् भने यस पुस्तकमा पल बेरर, मेनकाइन्ड, केन जस्ता कुस्ती खेलाडी तथा प्रबन्धकहरू पनि समावेश भएका छन्।
वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् १९९१ | सुबार्बन कमान्डो | हच | |
सन् १९९९ | बियोन्ड द म्याट | स्वयं | दस्तावेज |
सन् २०१५ | द फिन्टस्टोन एन्ड डब्ल्युडब्ल्युई: स्टोन एज स्म्याकडाउन! | द अन्डरटेकर (स्वर) | |
सन् २०१६ | स्कुबी-डु! एन्ड डब्ल्युडब्ल्युई: कर्स अफ द स्पिड डिमन | द अन्डरटेकर (स्वर) | |
सन् २०१७ | सर्फ्स अफ २: वेबमेनिया | द अन्डरटेकर (स्वर) | |
वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् १९९९ | पोल्टरगेस्ट: द लेगेसी | सोल चेसर डिमन | २ शृङ्खला |
सन् १९९९ | डाउनटाउन | द अन्डरटेकर | शृङ्खला: "द कन" |
सन् १९९९ | सेलिब्रिटी डेथम्याच | द अन्डरटेकर (स्वर) | शृङ्खला: "हालेवेन पहिलो शृङ्खला " |
सन् २००१ | अमेरिकाज मस्ट वान्टेड[34] | द अन्डरटेकर | |
वर्ष | शीर्षक | टिप्पणी |
---|---|---|
सन् १९९२ | डब्ल्यूडब्ल्यूएफ सुपर रेसलमेनिया | पहिलो श्रृव्य दृश्य खेलमा उपस्थिति |
डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया: स्टिल केज च्यालेन्ज | सहायक भूमिका | |
डब्ल्यूडब्ल्यूएफ सुपरस्टार २ | सहायक भूमिका | |
सन् १९९३ | डब्ल्यूडब्ल्यूएफ रोयल रम्बल[35] | सहायक भूमिका |
सन् १९९३ | डब्ल्यूडब्ल्यूएफ किङ अफ द रिङ | |
सन् १९९३ | डब्ल्यूडब्ल्यूएफ रेज इन द केज | सहायक भूमिका |
सन् १९९४ | डब्ल्यूडब्ल्यूएफ र | सहायक भूमिका |
सन् १९९५ | डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया: द आकडे गेम | |
सन् १९९६ | डब्ल्यूडब्ल्यूएफ इन द हाउस | |
सन् १९९८ | डब्ल्यूडब्ल्यूएफ वार जोन | |
सन् १९९९ | डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया २००० | सहायक भूमिका |
सन् २००० | डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! | |
सन् २००० | डब्ल्यूडब्ल्यूएफ रोयल रम्बल | |
सन् २००० | डब्ल्यूडब्ल्यूएफ नो मर्सी | |
सन् २००० | डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! २: नो योर रोल | सहायक भूमिका |
सन् २००१ | डब्ल्यूडब्ल्यूएफ बिट्रेयल | |
सन् २००१ | विथ अथोरिटी | |
सन् २००१ | डब्ल्यूडब्ल्यूएफ रोड टु रेसलमेनिया | सहायक भूमिका |
सन् २००१ | डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! जस्ट ब्रिङ इट | |
सन् २००२ | डब्ल्यूडब्ल्यूएफ र | सहायक भूमिका |
सन् २००२ |
डब्ल्युडब्ल्युई रेसलमेनिया १८ | |
सन् २००२ | डब्ल्युडब्ल्युई रोड टु रेसलमेनिया १८ | |
सन् २००२ | डब्ल्युडब्ल्युई स्म्याकडाउन! सट योर माउथ | |
सन् २००३ | डब्ल्युडब्ल्युई क्रस आवर | |
सन् २००३ | डब्ल्युडब्ल्युई रेसलमेनिया १९ | |
सन् २००३ | डब्ल्युडब्ल्युई र २ | |
सन् २००३ | डब्ल्युडब्ल्युई स्म्याकडाउन! हियर कम्स द पेन | सहायक भूमिका |
सन् २००४ | डब्ल्युडब्ल्युई डे अफ रेकोनिङ | |
सन् २००४ | डब्ल्युडब्ल्युई सरभाइभर सिरिज | सहायक भूमिका |
सन् २००४ | डब्ल्युडब्ल्युई स्म्याकडाउन! भरसेज र | |
सन् २००५ | डब्ल्युडब्ल्युई रेसलमेनिया २१ | |
सन् २००५ | डब्ल्युडब्ल्युई अफ्टरसक | सहायक भूमिका |
सन् २००४ | डब्ल्युडब्ल्युई डे अफ रेकोनिङ २ | |
सन् २००५ | डब्ल्युडब्ल्युई स्म्याकडाउन! भर्सेज र २००६ | |
सन् २००६ | डब्ल्युडब्ल्युई स्म्याकडाउन! भर्सेज र २००७ | |
सन् २००७ | डब्ल्युडब्ल्युई स्म्याकडाउन भर्सेज र २००८ | सहायक भूमिका |
द अन्डरटेकरको रेसलमेनेनिया जित तथा हारको सूची[56] | ||||||
---|---|---|---|---|---|---|
नतिजा | सन्दर्भ | प्रतिद्वन्द्वी | मिति | खेलको समय | स्थान | टिप्पणी |
जित | १–० | जिमी स्नुका | मार्च २४, १९९१ रेसलमेनिया ७ |
४:२० पिनफल |
लस एन्जल्स स्मारक खेलकुद रङ्गशाला लस एन्जलस, क्यालिफोर्निया |
[57] |
जित | २–० | जेक रोबर्टस् | अप्रिल ५, १९९२ रेसलमेनिया ८ |
६:३६ पिनफल |
होइजर डोम इन्डियानापोलिस, इन्डियाना |
[58] |
जित | ३–० |
जर्ज गोन्जालेज | अप्रिल ४, १९९३ रेसलमेनिया ९ |
७:३३ |
सिजर्स महल लस भेगास |
[59] |
जित | ४–० | किङ कङ बन्डी | अप्रिल २, १९९५ रेसलमेनिया ११ |
६:३६ पिनफल |
हार्टफोर्ड सिभिक केन्द्र हार्टफोर्ड |
[60] |
जित | ५–० |
केभिन नास | मार्च ३१, १९९६ रेसलमेनिया १२ |
१६:४६ पिनफल |
एरोहेड पोन्ड क्यालिफोर्निया |
[61] |
जित | ६–० | साइको सिड | मार्च २३, १९९७ रेसलमेनिया १३ |
२१:१९ पिनफल |
रोजमोन्ट होरिजन रोजमोन्ट, इलिनोई |
डब्ल्यूडब्ल्यूएफ उपाधिको जित[62] |
जित | ७-० | केन | मार्च २९, १९९८ रेसलमेनिया १४ |
१७:०५ पिनफल |
फ्लिट केन्द्र बोस्टन, म्यासाट्युचेस |
[63] |
जित | ८–० | बिग बोस मेन | मार्च २८, १९९९ रेसलमेनिया १५ |
९:४८ पिनफल |
फर्स्ट युनियन केन्द्र फिफाडेल्फिया, पेन्सिलभेनिया |
यो हेल हेल इन अ सेल भित्र आयोजना गरिएको थियो[64] |
जित | ९–० | ट्रिपल एच | अप्रिल १, २००१ रेसफमेनिया १७ |
१८:१९ पिनफल |
रिलायन्ट आम्स्टरडोम हुस्टन, टेक्सस |
[65] |
जित | १०–० | रिक फ्लेयर | मार्च १७, २००२ रेसलमेनिया १८ |
१८:४९ पिनफल |
स्काईडोम टोरन्टो, ओन्टारियो, क्यानाडा |
[66] |
जित | ११–० | ए ट्रेन र बिग सो | मार्च ३०, २००३ रेसलमेनिया १९ |
९:४५ पिनफल |
साफेको फिल्ड सियाटल, वासिङ्टन |
[66] |
जित | १२–० | केन | मार्च १४, २००४ रेसलमेनिया २० |
७:४५ पिनफल |
मेडिसन स्क्वायर गार्डेन न्युयोर्क सहर, न्युयोर्क |
[67] |
जित | १३–० | रेन्डी ओर्टन | अप्रिल ३, २००५ रेसलमेनिया २१ |
१४:१४ पिनफल |
स्टापल केन्द्र लस एन्जल्स, क्यालिफोर्निया |
[68] |
जित | १४–० | मार्क हेन्री | अप्रिल २, २००६ रेसलमेनिया २२ |
९:२६ क्यासकेट |
अलस्टेट एरिना रोजमोन्ट, इलिनोई |
यो खेल एक क्यासकेट खेल थियो[69] |
जित | १५-० | बाटिस्टा | अप्रिल १, २००७ रेसलमेनिया २३ |
१५:४७ पिनफल |
फोर्ड फिल्ड डिट्रोइट, मिचिगन |
द अन्डरटेकरले बाटिस्टालाई पराजित गर्दै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि जित्ज सफल भएका थिए। [70] |
जित | १६–० | एज | मार्च ३०, २००८ रेसलमेनिया २४ |
२३:५० आत्मासमर्पणद्वारा जित |
सर्कस बल फ्लोरिडा |
डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिको जित[71] |
जित | १८–० | सन माइकल्स | अप्रिल ५, २००९ रेसलमेनिया २५ |
३०:४१ पिनफल |
रिलायन्ट रङ्गशाला हुस्टन, टेक्सस |
[72] |
जित | १८–० | सन माइकल्स | मार्च २८, २०१० रेसलमेनियम २६ |
२३:५९ पिनफल |
फेनिक्स रङ्गशाला विश्वविद्यालय एरिजोना |
[73] |
जित | १९–० | ट्रिपल एच | अप्रिल ३, २०११ रेसलमेनिया २७ |
२९:२२ आत्मसमर्पण |
जर्जिया डोम एट्लान्टा, जर्जिया |
[74] |
जित | २०–० | ट्रिपल एच | अप्रिल १, २०१२ रेसलमेनिया २८ |
३०:५० पिनफल |
सन लाइफ रङ्गशाला मायामी, फ्लोरिडा |
[75] |
जित | २१–० | सिएफ पङ्क | अप्रिल ७, २०१३ रेसलमेनिया २९ |
२२:०७ पिनफल |
मेटलाइफ रङ्गशाला पूर्वी रदरफोर्ड, न्युजर्सी |
[76] |
हार | २१–१ | ब्रक लेज्नर | अप्रिल ६, २०१४ रेसलमेनिया ३० |
२५:१२ पिनफल |
मार्सिडेज-बेन्ज सुपरडोम न्यु ओर्लिन्स, लुइजियाना |
द अन्डरटेकरलाई ब्रक लेज्नरले रेसलमेनिया ३० मा पराजित गर्दै उनको अपराजित यात्रा तोडेका थिए।[77] |
जित | २२–१ | ब्रे वायट | मार्च २९, २०१५ रेसलमेनिया ३१ |
१५:१२ पिनफल |
लेभिस रङ्गशाला क्यालिफोर्निया |
[78] |
जित | २३–१ | सेन मिकम्यान | अप्रिल ३, २०१६ रेसलमेनिया ३२ |
३०:०५ पिनफल |
एटि एन्ड टि रङ्गशाला एरिङ्टन |
मिकम्यान र अन्डरटेकरको बीच खेल हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।[79] |
हार | २३–२ | रोमन रेन्ज | अप्रिल २, २०१७ रेसलमेनिया ३३ |
२३:०० पिनफल |
क्याम्पिङ विश्व रङ्गशाला फ्लोरिडा |
|
जित | २४–२ | जोन सिना | अप्रिल ८, २०१८ रेसलमेनिया ३४ |
२:४६ पिनफल |
मार्सिडेज-बेन्ज सुपरडोम न्यु ओर्लिन्स |
[80] |
जित | २५-२ | एजे स्टाइल्स | अप्रिल ४, २०२० रेसलमेनिया ३६ |
१९:१८ |
डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र फ्लोरिडा |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.