त्रिभुवन विश्वविद्यालय
नेपालको सार्वजनिक विश्वविद्यालय / From Wikipedia, the free encyclopedia
त्रिभुवन विश्वविद्यालय वा त्रिवि (अङ्ग्रेजी : Tribhuvan University वा TU) नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ ।
आदर्श वाक्य |
|
---|---|
प्रकार | पब्लिक सहशिक्षा |
स्थापना | २०१६ साल |
कुलपति | नेपालको प्रधानमन्त्री |
उप-कुलपति | प्रा.डा केशरजङ्ग बराल |
शैक्षिक कर्मचारी | ७,०४९ प्राध्यापकीय संकाय ५६०७ अन्य संकाय [1] |
विद्यार्थीहरू | ६,०४,४३७ [2] |
स्थान | , |
क्याम्पस | कीर्तिपुर |
वेबसाइट | त्रिभुवन-युनिभर्सिटी.इडीयु.एनपी |
यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।
सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहररु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरी यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।