कीर्तिपुर नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर[4] तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ।[5][6] कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।[7]सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।[8][9]
कीर्तिपुर | |
---|---|
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[1] |
समावेश (गाविस) | लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
सरकार | |
• नगरप्रमुख | राजकुमार नकर्मी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शुभलक्ष्मी शाक्य (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४.७६ किमी२ (५.७० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८१,५७८ |
• घनत्व | ५५००/किमी२ (१४०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक सङ्केत | ४४६१८ |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कीर्तिपुर नगरपालिकाको कुल जनसङ्ख्या ८१,५७८ रहेको छ भने यहाँ २४,१५० घरधुरी रहेका छन्।[3]
कीर्तिपुर नाम संस्कृत शब्द 'कीर्ति' (महिमा) र 'पुर' (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई 'किपू' समेत भन्ने गर्छन्।[10]
वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन[11] नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।
वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[12]
कीर्तिपुरमा गोपाल वंशकालदेखि नै मानव बस्ती विकास भइसकेको थियो।[13] पशुपतिनाथको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।[14] काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।[15]
कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं र तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.