From Wikipedia, the free encyclopedia
तेलगु चलचित्र तेलगु भाषामा चलचित्र निर्माणको लागि समर्पित भारतीय चलचित्र क्षेत्रको एक शृङ्खला हो। भारतको आन्ध्र प्रदेश र तेलङ्गानाको आधिकारिक भाषाको रूपमा रहेको तेलगु भाषाको यो चलचित्र क्षेत्रलाई टलिउडको नामले समेत चिनिने गरिन्छ। यो भारतको हिन्दी चलचित्र उद्योगपछि सबैभन्दा ठुलो चलचित्र उद्योग हो। यो तेलङ्गाना राज्यको हैदराबाद नजिकै रहेको फिल्म नगरमा अवस्थित छ।[2] सन् १९०९ देखि कृष्णा जिल्लामा रहेको मछलीपट्टनम सहरका भारतीय चलचित्र निर्माता रघुपति वेङ्कैया नायडुले छोटो चलचित्रहरू निर्माण गरेर त्यसलाई एसियाका विभिन्न देशहरूमा प्रचार प्रसार गरेका थिए। सन् १९२१ मा उनले पहिलो तेलगु ध्वनिरहित चलचित्र भीष्मप्रतिज्ञा निर्माण गरेका थिए। उनलाई तेलगु चलचित्र क्षेत्रको पिता भन्ने गरिन्छ।[3][4][5]
तेलगु चलचित्र | |
---|---|
पर्दाहरूको सङ्ख्या | भारतीय राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा २८०९ सिनेमाघर।[1] |
• Per capita | ३१ प्रति मिलियन |
मुख्य वितरकहरू | उषा किरण मुभिज सुरेस प्रोडक्सन्स वैजयन्ती मुभिज अन्नपूर्ण स्टुडियोज् गीता आर्ट्स आर्क मिडिया वर्क्स श्री वेङ्केटेश्वर क्रिएसन्स १४ रिल्स इन्टरटेनमेन्ट पिभिपी सिनेमा प्रसाद आर्ट्स पिक्चर |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.