Remove ads
From Wikipedia, the free encyclopedia
तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश वर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरूको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरूको भूमि'।
तेलङ्गाना తెలంగాణ تلنگانہ | |
---|---|
देश | भारत |
राज्य | दक्षिण भारत |
स्थापना | २ जुन २०१४ |
सरकार | |
• राज्यपाल | इ.एस.एल.नरसिम्हन |
• मुख्य मन्त्री | कल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति) |
• सभासद | दुइसदनीय (११९ + ४० सिट) |
• लोक सभा सभासद | १७ |
• उच्च न्यायलय | हैदराबाद उच्च न्यायलय |
क्षेत्रफल | |
• जम्मा | ११४८४० किमी२ (४४३४० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३५२८६७५७ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | तेलुगु, उर्दू |
समय क्षेत्र | युटिसी+05:30 (आइएसटि) |
सबैभन्दा ठुलो शहर | हैदराबाद |
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभाबाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्य सभाबाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलङ्गाना औपचारिक रूपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछि देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।
तेलङ्गानाको जनसङ्ख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]
तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.