तराई मधेश लोकतान्त्रिक पार्टी
From Wikipedia, the free encyclopedia
कृपया बृषेशचन्द्र लाल नेतृत्वको सोही नाम गरेको दल, तराई-मधेश लोकतान्त्रिक पार्टी सँग भ्रमित नहुनुहोस्।
तराई मधेश लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल थियो जसको गठन पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका राष्ट्रिय कोषाध्यक्ष महन्थ ठाकुरले गरेका थिए। यो दल कुनै समय नेपालको तराई क्षेत्रमा बलियो आधार भएको सबैभन्दा ठूलो मधेश केन्द्रित दल थियो।[1] २०६४ पुुस १२ गते, पार्टीको स्थापनाको घोषणा गरिएको थियो। यो पार्टी ठाकुरले "मारे तो मुक्ति, जिए तो मधेश" भन्ने लोकप्रिय नाराका साथ बनाएका थिए जसको अर्थ यदि म बाँच्छु भने, म मधेशको लागि लड्नेछु र मैले मुक्ति पाउनेछु भन्ने हुन्छ। अन्तरिम संसदमा ठाकुर सहित यसका चार जना सांसद थिए।
छरितो तथ्यहरू तराई मधेश लोकतान्त्रिक पार्टीतराई मधेश लोकतान्त्रिक पार्टी, अध्यक्ष ...
तराई मधेश लोकतान्त्रिक पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी | |
---|---|
अध्यक्ष | महन्थ ठाकुर |
स्थापना | २०६४ पुस १२ |
विघटन | २०७४ वैशाख ८ |
पूर्वकालीन | नेपाली काङ्ग्रेस नेपाल सद्भावना पार्टी नेकपा (एमाले) मधेशी जनअधिकार फोरम मधेश राष्ट्रिय प्रजातन्त्र पार्टी |
अग्रकालीन | राष्ट्रिय जनता पार्टी तराई-मधेश लोकतान्त्रिक पार्टी |
प्रमुख कार्यालय | अनामनगर, काठमाडौँ |
विचारधारा | सामाजिक लोकतन्त्र मधेशी अधिकार |
राजनीतिक स्थान | मध्य-वाम |
बन्द गर्नुहोस्