From Wikipedia, the free encyclopedia
डब्ल्युडब्ल्यूई र, वा सोमबार रातिको र वा साधारण रूपमा र , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल संयुक्त राज्य अमेरिकामा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको र ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी १९९३बाट सुरु भएको थियो र यसलाई हाल शुक्रबार रातिको स्म्याकडाउनको साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।[2] डब्ल्युडब्ल्युई र सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो।
डब्ल्युडब्ल्युई र | |
---|---|
शैली | व्यावसायिक कुस्ती |
सर्जक | भिन्स म्याकमेन |
लेखक |
|
प्रस्तुतकर्ता |
|
कलाकारहरू | रसँग सम्बन्धित खेलाडी तथा व्यक्तित्वहरू |
सुरुवात 'गीत' |
|
निर्माण गर्ने देश | अमेरिका |
सत्रहरुको सङ्ख्या | २७ |
भागहरूको सङ्ख्या | १,४१७ (२० जुलाई २०२० सम्म) |
निर्माता(हरू) |
|
क्यामरा सेटअप | बहु क्यामरा |
प्रसारण अवधि | १८० मिनेट (विज्ञापन समावेश) |
निर्माण कम्पनी(हरु) | डब्ल्युडब्ल्युई |
वितरक | डब्ल्युडब्ल्युई |
मूल च्यानल |
|
तस्वीर ढाँचा |
|
प्रथम प्रसारण | ११ जनवरी १९९३ – हाल |
यो भन्दाअघि | प्राइम टाइम रेस्लिङ (सन् १९८५–९३) |
सम्बन्धित कार्यक्रमहरू |
|
वेबसाइट |
सेप्टेम्बर २००० मा, रलाई युएसए नेटवर्कबाट टिएनएनमा सारिएको थियो जुन अगस्ट २००३ मा स्पाइक टिभीमा पुनर्गठित भएको थियो।[3] ३ अक्टोबर २००५ मा र युएसए सञ्जालमा फर्किएको थियो जहाँ यो हालसम्म यही सञ्जाल अन्तर्गत प्रसारित हुन्छ। ९ डिसेम्बर २०१६ सम्म, रका सबै शृङ्खलाहरू डब्ल्युडब्ल्युई नेटवर्कमा मागको आधारमा उपलब्ध छन्। भर्खरको शृङ्खलाहरू मूल प्रसारित मिति पछिको ३० दिन पछि मागको आधारमा हेर्नका लागि उपलब्ध छन्।
यसको पहिलो शृङ्खला देखिनै र प्रत्यक्ष रूपमा २०८ रङ्गमञ्च, १७१ सहर तथा क्षेत्र र ११ विभिन्न देशहरू मार्फत प्रसारित हुन्छ जहाँ यो सन् २००५ देखि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अफगानिस्तान लगायतका देशहरूबाट प्रसारित भइरहेको छ भने सन् २००६ र सन् २००७ मा, दक्षिण अफ्रिका[4], जर्मनी[5], जापान[6], इटाली[7] र मेक्सिको[8]बाट प्रसारित भइरहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.