![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a8/Indian_Army_T-90.jpg/640px-Indian_Army_T-90.jpg&w=640&q=50)
ट्याङ्क
From Wikipedia, the free encyclopedia
ट्याङ्क एक प्रकारको कवचित, स्वचालित, आफ्नो बाटो आफै बनाउने तथा युद्धमा काम आउने यस्तो वाहन हो जसबाट गोलाबारी पनि गर्न सकिन्छ। युद्धक्षेत्रमा शत्रुको गोलाबारीको बीच पनि यो बिना रुकावट अघि बढ्न सक्छ र कुनै पनि समय र स्थानमा शत्रुमाथि गोलाबारी गर्न सक्छ। गतिशीतला र शत्रुलाई व्याकुल बनाउने सामर्थ्य हुन्छ र ट्याङ्क कवचित हुनाले स्वयं सुरक्षित हुन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a8/Indian_Army_T-90.jpg/640px-Indian_Army_T-90.jpg)
ट्याङ्क एक यस्तो सैन्य बख्तरबन्द वाहन हो जुन विशेष रूपमा युद्धमा सेनाद्वारा गोला दाग्ने कार्यमा प्रयोग हुन्छ। ट्याङ्क अठारौँ शताब्दीको तोपको नै उन्नत वा चालित आधुनिक रूप हो जसबाट आजको सैन्य तोपपनि प्रेरित छ। ट्याङ्क विशेष रूपमा आफ्नो एक पटरीमा चल्छ र यसको चक्का कहिले पनि जमिनको सिधा सम्पर्कमा आउदैन र सधैँ आफ्नो पटरीमा नै चल्छ, यो खास कारणले कुनै पनि प्रकारको निकै दुर्गम स्थानमा पनि सजिलै चल्न सक्छ। यसको निकै दह्रो बख्तर विरोधी सेनाको तर्फबाट दागिएको गोला बारुद सहन गर्न सक्षम हुन्छ।[1]
ट्याङ्कमा मुख्य रूपमा दुई हिस्सा हुन्छ, तल्लो भागमा चल्ने हिस्सा जसमा ट्रयाक, चक्का, इन्जिन र सैन्य दल हुन्छ र माथिल्लो हिस्सामा तोप, मेसिनगन र ट्याङ्कको अन्य उपकरण हुन्छ माथिको हिस्सालाई टेरत पनि भनिन्छ। यसको सेन्य दलमा ३ वा ४ सदस्य हुन सक्छ जो ट्याङ्क चलाउन, गोली दाग्न, मेसिन गन चलाउन र ट्याङ्क कमान्डरको भूमिका निभाउछन्।[2]
ट्याङ्कको मुख्य कार्य गोला दाग्ने हुन्छ। यसबाट सेनाद्वारा युद्धमा विरोधी दलमाथि विशेष रूपमा बनेको कयौं प्रकारको गोला दाग्न, यसमाथि लगाइएको मेसिन गनबाट गोली प्रहार गर्न र पैदल सेनालाई सहायता उपलब्ध गराउनको लागि पनि उपयोग गर्न सकिन्छ। ट्याङ्कको उपयोग प्रथम विश्वयुद्धमा सर्वप्रथम ब्रिटिस सेनाद्वारा गरिएको थियो र त्यतिबेला देखि यसको उपयोगिताको कारणले यसमा लगातार परिवर्तन गरि एक पछि अर्को एक उन्नत प्रकार विश्वको सेनाद्वारा काममा सामेल गरिरहेको छ।
द्वितीय विश्वयुद्ध पश्चात बनेका ट्याङ्कहरूलाई उनीहरूको पिढीमा विभाजन गरिन्छ।