जोमसोम
मुस्ताङ जिल्लाको सदरमुकाम / From Wikipedia, the free encyclopedia
जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो।[2] जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ।[3]
छरितो तथ्यहरू जोमसोम, देश ...
जोमसोम | |
---|---|
सदरमुकाम | |
निर्देशाङ्क: २८°४७′०″उ॰ ८३°४३′५०″पू॰ | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ |
गाउँ परिषद् | घरपझोङ |
वडा नम्बर | ४ |
उन्नतांश | २,७४३ मिटर (८९९९ फिट) |
जनसङ्ख्या (वि.सं २०६८)[1] | |
• जम्मा | १,३७० |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
हुलाक कोड | ३३१०० |
क्षेत्रीय सङ्केत | ०६९ |
बन्द गर्नुहोस्