जोमसोम
मुस्ताङ जिल्लाको सदरमुकामजोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा रहेकाे छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ।
Read article