From Wikipedia, the free encyclopedia
जियोभानी भिन्सेन्जो इन्फेन्टिनो (Giovanni Vincenzo Infantino) ( इटालेली उच्चारण: [dʒoˈvanni vinˈtʃɛntso iɱfanˈtiːno] ; जन्म २३ मार्च १९७०) स्विस-इटालियन [2] [3] फुटबल प्रशासक तथा फिफाका वर्तमान अध्यक्ष हुन्। सन् २०१६ को फेब्रुअरीमा भएको फिफाकोो विशेष अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए।[2] उनी २०१९ जुन मा पुनः फिफा अध्यक्षको रुपमा निर्वाचित भएका थिए। [4] जनवरी २०२० मा, उनी अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य निर्वाचित भए। [5]
जियानी इन्फेन्टिनो | |
---|---|
Gianni Infantino | |
फिफा अध्यक्ष | |
पद बहाली २६ फेब्रुअरी २०१६ | |
उपराष्ट्रपति | Ángel María Villar David Chung Salman Bin Khalifa |
पूर्वाधिकारी | Issa Hayatou (acting) |
व्यक्तिगत विवरण | |
जन्म | Giovanni Vincenzo Infantino २३ मार्च १९७०[1] Brig, Valais, स्विजरल्यान्ड |
जीवन साथी | Leena Al Ashqar |
सन्तान(हरू) | 4 |
मातृ शिक्षाप्रतिष्ठान | University of Fribourg |
पुरस्कार | Order of Friendship |
हस्ताक्षर | |
इन्फेन्टिनोको जन्म २३ मार्च १९७० मा [2] ब्रिग, स्विट्जरल्याण्डमा भएको थियो। [6] उनी क्यालाब्रिया र लोम्बार्डीका इटालियन आप्रवासी आमाबाबुको छोरा थिए।। [7] उनले फ्राइबर्ग विश्वविद्यालयमा कानूनको अध्ययन गरे। [8] उनी इटालियन, स्पेनिश, फ्रेन्च र जर्मनमा धाराप्रवाह छन्, र अंग्रेजी, पोर्तुगाली र अरबी पनि बोल्छन्। [6]
इन्फान्टिनोले "युनिभर्सिटी अफ न्युचटेल"मा इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडीज (International Center for Sports Studies (CIES) को महासचिवको रूपमा काम गरेका थिए। [2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.