![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f4/Chandrayaan-2_lander_and_orbiter_integrated_module.jpg/640px-Chandrayaan-2_lander_and_orbiter_integrated_module.jpg&w=640&q=50)
चन्द्रयान-२
From Wikipedia, the free encyclopedia
चन्द्रयान-२ वा द्वितीय चन्द्रयान, भारतको चन्द्रयान-१ पछि दोस्रो चन्द्र अन्वेषण अभियान हो,[11][12] जसलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विकसित गरेको हो।[13] यस चन्द्र अभियानलाई सफलतापूर्वक जिएसएलभी संस्करण ३ नामक प्रक्षेपण यानद्वारा प्रक्षेपण गरिएको हो।[14][9] यस अभियानमा भारतमै निर्माण गरिएको एउटा चन्द्र कक्षयान, एउटा रोभर र एउटा ल्यान्डर सम्मिलित गरिएको छ। यस अभियानमा प्रयोग गरिने सबै कलपुर्जाहरूको विकास इसरोद्वारा गरिएको हो।[15] भारतले यस चन्द्रयानलाई श्रीहरिकोटाबाट भारतीय समयानुसार १४ जुलाई २०१९, २१:२१ युटिसीमा प्रक्षेपण गर्ने योजना बनाएको थियो तर प्राविधिक समस्याको कारण पछि यस चन्द्रयानलाई २२ जुलाई २०१९ दिउँसो ०२:४१ प्रक्षेपण गरिएको थियो।[16][17]
![]() दोस्रो चन्द्रयान (ल्यान्डर र अर्बिटरको सम्मिलित रूप) | |
अभियान प्रकार | चन्द्र कक्षयान, ल्यान्डर तथा रोभर |
---|---|
सञ्चालक | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन |
कोस्पार आइडी | 2019-042A |
वेबसाइट | www |
अभियान अवधि | कक्षयान: १ वर्ष विक्रम ल्यान्डर: <१५ दिन[1] प्रज्ञान रोभर: <१५ दिन[1] |
अन्तरिक्ष यानको गुणहरू | |
निर्माणकर्ता | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन |
प्रक्षेपित तौल | कुल योग: ३,८७७ किग्रा (८,५४७ पाउन्ड)[2][3] |
पेलोड तौल | कक्षयान: २,३७९ किग्रा (५,२४५ पाउन्ड)[2][3] विक्रम ल्यान्डर:१,४७१ किग्रा (३,२४३ पाउन्ड)[2][3] प्रज्ञान रोभर: २७ किग्रा (६० पाउन्ड)[2][3] |
शक्ति | कक्षयान: १ किलोवाट[4]
विक्रम ल्यान्डर: ६५० वाट प्रज्ञान रोभर: ५० वाट |
अभियान आरम्भ | |
प्रक्षेपण मिति | १४ जुलाई २०१९, २१:२१ युटिसी (योजना) थियो, तर प्राविधिक समस्याको कारण पछि २२ जुलाई २०१९ दिउँसो ०२:४१ गरिएको थियो।[5][6][7] |
रकेट | भूस्थिर उपग्रह प्रक्षेपण यान संस्करण ३[8][9] |
प्रक्षेपण स्थान | सतीश धवन अन्तरिक्ष केन्द्र |
ठेकेदार | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन |
चन्द्रमा परिक्रमा | |
कक्षीय सम्मिलन | सेप्टेम्बर ६, २०१९ (योजना)[7] |
कक्षीय आवृतिहरू | |
पेरिएप्सिस अक्षांश | १०० किमी (६२ माइल)[10] |
एपोएप्सिस अक्षांश | १०० किमी (६२ माइल)[10] |
भारतीय चन्द्रयान अभियान ← चन्द्रयान-1 |
चन्द्रयान-२ मा प्रयोग गरिएको ल्यान्डर र रोभर चन्द्रमामा लगभग ७०° दक्षिण अक्षांशमा अवस्थित दुई क्रेटरहरू मेनजिनस र सिमपेलियसको मध्य एउटा अग्लो मैदानमाथि अवतरण गराउने प्रयास गर्नेछ। पाङ्ग्रासहितको रोभर चन्द्रमाको सतहमाथि गुडेर त्यहाँको माटो वा चट्टानको नमुना एकत्रित गरी रासायनिक विश्लेषण गर्ने योजना रहेको छ। चन्द्रमाबाट तथ्याङ्कहरू सङ्कलन गरेर चन्द्रयान-२ ले कक्षयानको माध्यमद्वारा पृथ्वीमा पठाउनेछ।[18][19][20]