ग्वालियर
From Wikipedia, the free encyclopedia
ग्वालियर (उच्चारणⓘ) भारतको राज्य मध्य प्रदेशको ऐतिहासिक र प्रमुख सहर हो । भौगोलिक दृष्टिले ग्वालियर मध्यप्रदेश राज्यको उत्तरमा अवस्थित छ । यो सहर भारतको राजधानी सहर नयाँ दिल्लीको ३१९ किलोमिटर (१९८ माइल) दक्षिणमा रहेको छ । यो सहर र यसको किल्ला उत्तर भारतको प्राचीन शहरहरूको केन्द्र रहेको छ । यो सहर गुर्जर प्रतिहार, तोमर तथा कछवाहा राजवंशको राजधानी रहेको थियो ।[3] यो सहरमा तिनीहरूद्वारा बनाइएको प्राचीन चिन्ह स्मारकहरू, किल्लाहरू र महलहरू आज पनि हेर्न सकिन्छ । सङ्ग्रह गरेर राखिएका भव्य स्मृति चिन्ह यस सहरलाई पर्यटनको दृष्टिले महत्त्वपूर्ण बनाउने गर्छ । "ग्वालियर सहर" यस नामको पछाडी पनि एउटा इतिहास लुकेको छ; आठौँ शताब्दीमा यहाँका एक राजा सूरजसेन थिए, जो एक अज्ञात बिमारीले ग्रस्त भए र मृत्युशैयामा थिए, त्यस समय ग्वालिपा नामक सन्तले उनलाई निको पारेर जीवनदान दिए । त्यसै समय उनको सम्मानमा यस सहरको जग बसालियो र यस सहरको नाम ग्वालियर राखियो ।
ग्वालियर
Gwalior | |
---|---|
ग्वालियरका धरोहरहरू | |
उपनाम(हरू): मध्य प्रदेशको पर्यटन राजधानी राजा सुरसेनको सहर ऋषि गलभको सहर र तानसेन नगरी | |
देश | भारत |
राज्य | मध्य प्रदेश |
जिल्ला | ग्वालियर |
संस्थापक | राजा सुरजसेन |
क्षेत्रफल | |
• जम्मा | ६०४ किमी२ (२३३ वर्ग माइल) |
• क्रम | ३५औँ |
उन्नतांश | १९६ मिटर (६४३ फिट) |
जनसङ्ख्या (२०११) | १,९५३,५०५ |
• घनत्व | ५,४७८/किमी२ (१४१९०/वर्ग माइल) |
• जनसङ्ख्या क्रम | ३१औँ |
भाषाहरू | |
• आधिकारिक | हिन्दी, मराठी र अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ४७४००१ देखि ४७४०५५ (HPO) |
टेलिफोन कोड | ०७५१ |
सवारी दर्ता | MP-07 |
लिङ्ग अनुपात | .९४८ ♂/♀ ० |
साक्षरता | ८७.२०%[1] |
औसत ग्रीष्म तापक्रम | ३३.५ °से (९२.३ °फे) |
औसत चिसो तापक्रम | १६.६ °से (६१.९ °फे)[2] |
वेबसाइट | आधिकारिक वेबसाइट |
यसपछि यहाँ आउने शताब्दीमा यो सहर ठुला-ठुला राजवंशहरूको राजस्थल बन्यो । हरेक शताब्दीमा यस सहरको इतिहासमा नयाँ आयाम थपिदैं गयो । महान योद्धाहरू, राजाहरू, कविहरू, सङ्गीतकारहरू तथा सन्तहरूले यस राजधानी सहरलाई देशव्यापी रूपमा चिनाउन आ-आफ्नो योगदान दिए । आज ग्वालियर भारतको एक आधुनिक सहर हो र एउटा प्रसिद्ध उद्योगिक केन्द्र हो ।[4]
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ । [5]