नरेन्द्र मोदी
भारतको प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
नरेन्द्र दामोदरदास मोदी (उच्चारणⓘ, गुजराती: નરેંદ્ર દામોદરદાસ મોદી; जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन्। नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो। उनले सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री काम गरेका थिए। सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन्।[3] ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको थियो।[4] नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका थिए।[5] उनी स्वतन्त्र भारतको १५औँ प्रधानमन्त्री तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन्।
नरेन्द्र मोदी | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
भारतको १४औ प्रधानमन्त्री | |||||||||||||||||
पद बहाली २६ मे २०१४ | |||||||||||||||||
राष्ट्रपति |
| ||||||||||||||||
उपराष्ट्रपति | मोहम्मद हमिद अन्सारी एम. वेंकैया नायडू जगदीप धनखर | ||||||||||||||||
पूर्वाधिकारी | मनमोहन सिंह | ||||||||||||||||
| |||||||||||||||||
गुजरातको १४औँ मुख्यमन्त्री | |||||||||||||||||
कार्यकाल ७ अक्टोबर २००१ – २२ मे २०१४ | |||||||||||||||||
राज्य प्रमुख | डा. कमला बनिवाल | ||||||||||||||||
पूर्वाधिकारी | केशुभाइ पटेल | ||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||
जन्म | सन् १९५० सेप्टेम्बर १७ वडनगर, महेसाणा जिल्ला, गुजरात, भारत | ||||||||||||||||
राजनीतिक दल | भारतीय जनता पार्टी | ||||||||||||||||
जीवन साथी | जसोदाबेन चिमनलाल | ||||||||||||||||
सन्तान(हरू) | छैन | ||||||||||||||||
निवास(हरू) | गाँधीनगर, गुजरात, भारत | ||||||||||||||||
शिक्षा | [स्नातोकोतर (राजनीतिशास्त्र)] [1] | ||||||||||||||||
मातृ शिक्षाप्रतिष्ठान | गुजरात विश्वविद्यालय[2] | ||||||||||||||||
हस्ताक्षर | |||||||||||||||||
वेबसाइट | Narendra Modi | ||||||||||||||||
As of २६ मे, २०१४ Source: गुजरात सरकार |
एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको साँस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लड्दै दुवै ठाउँबाट विजय प्राप्त गरेका थिए।[6]
यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औँ मुख्यमन्त्रीको रूपमा रहेका थिए। उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (सन् २००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए। गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नामले चिनिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन्। उनी सामाजिक सञ्जाल ट्विटरमा सबैभन्दा बढी अनुसरण गरिएका भारतीय नेता हुन्।[7] टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति सन् २०१४ को लागि ५० उम्मेदवारहरूको सूचीमा राखेको थियो।[8]
अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन्। उनले गुजराती वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन्।