From Wikipedia, the free encyclopedia
जनरल श्री श्री श्री महाराजकुमार गेहेन्द्र शमशेर राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा हुन्। उनले विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए।[1]गेहेन्द्र शमशेरलाई नेपाल को पहिलो वैज्ञानिक मानिए पनि उनी केवल प्राविधिक मात्र थिए।
जर्नेल गेहेन्द्र शमशेर | |
---|---|
Gehendra Shumsher | |
जन्म | १८७१ कलकत्ता |
मृत्यु | १९०६ सेतो दरबार |
मृत्युको कारण | रहस्यमय |
वासस्थान | सेतो दरबार |
राष्ट्रियता | नेपाली |
अन्य नाम | Rana |
चिनारीको कारण |
|
वीर शमशेरको विवाह श्री ५ माहिला साहेब ज्यू उपेन्द्रकी छोरीसँग भएको थियो। र गेहेन्द्रशमशेर, धर्मशमशेरको जन्म भयो। उनको जन्म कलकत्तामा वि.सं. १९२८ मा भएको थियो जहाँ उनका पिता वीर शमशेर नेपालको वकिल (Diplomatic Envoy) थिए। वीर शमशेरले जेठी पत्नीलाई माया नगर्ने हुँदा नजरबन्दमा राखेका थिए। गेहेन्द्र शमशेरले वैज्ञानिक तरक्की गरेर बाबुलाई खुसी पारे। त्यहीँ खुसीयालीमा "के माग्छस् दिन्छु" भन्दा गेहेन्द्रले "मेरी मामुलाई नजरबन्दबाट मुक्त गरिपाऊँ" भनी मुक्त गराए।[2]
श्री ३ वीरले आफ्ना छोरा गेहेन्द्रशमशेरको नेतृत्वमा जङ्ग नरसिंह, देवनरसिंह, दीपनरसिंह राणा, भक्तबहादुर बस्न्यात, बालनरसिंह रायमाझी, हेमबहादुर राजभण्डारीहरूलाई जापान र भारतको रुड्कीमा पढ्न पठाए।[3]
श्री ३ देवले गुप्तचर विभागको प्रमुखमा वीरका जेठा छोरा गेहेन्द्रशमशेरलाई नियुक्त गरेका थिए।[4]
उनले वि.सं. १९५६ मा फोर्ड मोटर कम्पनीबाट उनले मोटर कार आयात गरी त्यसलाई खोलखाल गरी नयाँ गाडी बनाउने प्रयास गरे।
आफ्नो छोटो जीवनकालमा उनले गेहेन्द्र राइफल, गे-गन, पिताको नाममा वीरगन, ज्यु बुबा धीर शमशेर राणाको नाममा धीरगन, तोप, मेसिनगन, गोली, गोला, कार्टिज, चारनाले तोप जस्ता हातहतियार र खर-खजाना निर्माण गरेका थिए। यसबाहेक उनले धान कुट्ने मिल, हावाबाट चल्ने मिल र बालाजुमा छाला प्रशोधन कारखाना स्थापना गरेका थिए। त्यसैबेला अत्यन्त चमत्कारपूर्वक पानीमुनि बिजुली बत्ती बालेर नेपालीहरूलाई आश्चर्यचकित पारेका थिए।[5] उनले आफ्ना सहयोगीहरू डस्नर, काजीमान, हल्मारत्न, वीरमान, कुलमान, कालू, लाल, चीता एवम् मुसे थापा र टेकबहादुरको सहायता लिई जमल (सेतो दरबार) सुन्दरी जल र बालाजुमा स्थापित प्रयोगशालाबाट व्यवस्थित वैज्ञानिक अनुसन्धान र आविष्कारको कार्य थालेको देखिन्छ।[6][7]
वि.सं. १९६४ भदौ सुदि ४ मा द.क.ज. गेहेन्द्रशमशेर राणालाई मदिरामा विष मिसाई पिउन दिने षड्यन्त्र गरी मृत्यु गराइएको थियो।[8] ३६ वर्षको युवा उमेरमै गेहेन्द्र शमशेरको असामयिक र दुःखद् मृत्यु भयो।
आफ्नै काका तथा तानाशाह चन्द्र शमशेरको शासनकालमा ठूलो दमन र प्रहार सहँदै नेपालको वैज्ञानिक विकासमा लागिपरेका गेहेन्द्र शमशेरको मृत्युपछि चन्द्र शमशेरको दमन अभियान निकै चर्कियो। यसैको मारमा परेर गेहेन्द्र शमशेरका सहयोगी वैज्ञानिक प्रतिभा कोही जेलमा सडे, कोही देश निकालामा परे। मूसे थापा र टेकबहादुरलाई चन्द्र शमशेरले देश निकाला गर्यो भने कालू नामक मिस्त्री आयल इन्जिनको लोतामा परेर मर्यो। कतिले जेलको सजाय भोग्नुपर्यो। विज्ञान र प्रविधिमाथि शासकको यो प्रहारमा नेपालमा सर्वप्रथम हवाईजहाज र रेल बनाउने विमान पण्डितजस्ता गेहेन्द्र शमशेरका समकालीन वैज्ञानिकमाथि पनि परेको थियो।[9]
त्यसबेला गेहेन्द्र शमशरेरजस्तै विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विमान पण्डित, प्रसिद्ध गणितज्ञ गोपाल पाण्डे र धातु विशेषज्ञ देवराज शाक्य एवम् नरबहादुर भारती जस्ता ग्रामोफोन रेकर्डका निर्माता वैज्ञानिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासकको प्रहारको शिकार भएका देखिन्छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.