From Wikipedia, the free encyclopedia
औपचारिक शिक्षा-दीक्षाको अभावमा पति लगनशील मेहनती र साहसी व्यक्तिहरूले महत्त्वपूर्ण वैज्ञानिक देन दिन सक्दोरहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण दिन लायक विलक्षण वैज्ञानिक प्रतिभायुक्त व्यक्तिको नाम हो- वैज्ञानिक नरबहादुर भारती। वैज्ञानिक गेहेन्द्र शमशेरले धेरै धन, परिश्रम र बुद्धि लगाएर बनाउन नसकेको ग्रामोफोन रेकर्ड सफलतापूर्वक बनाउने श्रेय उनकै समकालीन वैज्ञानिक नरबहादुर भारतीयलाई जान्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
राणा शासकहरूबाट कुनै पनि प्रकारको प्रोत्साहनबिना नै आफ्नै स्वाध्यायन र आफ्नै खर्चमा विज्ञानको नयाँ-नयाँ प्रयोगमा निरन्तर लागिपरेका नरबहादुर भारतीको स्वभाव अत्यन्त सरल थियो, तर उनी कसैबाट नडग्ने खालका थिए। युवालाई सामाजिक कार्यमा लागि पर्न प्रोत्साहित गरिरहने वैज्ञानिक नरबहादुर भारतीले नरिबलको तेलमा लुगा धुने सोडाको उचित मात्रा मिलाएर त्यसलाई पकाउँदा बन्ने पदार्थबाट ग्रामोफोन रेकर्ड बनाएका थिए। यसबाहेक उनले अत्यन्त राम्रो नेपाली पालिस, नेपाली बेढ्ला (भ्वाइलिन) इनलेडको राइटिङ केस, विशेष प्रकारको लठ्ठी र १ हजार वर्षसम्म टिक्ने रसायन औषधि बनाएर नेपालको विज्ञान र प्रविधिको विकासमा ठूलो योगदान दिएका थिए। उनले पारोलाई भस्म गर्ने विधि निकाल्ने, विभिन्न धातुको मिश्रण तयार गर्ने, बेलायती गिन्नीमा भएको सुन र तामाको मिश्रणको रहस्य पत्ता लगाउने, तोरीको तेलमा गन्धक मिसाएर पकाई कृत्रिम रबर बनाइकन रबरको जुत्तासमेत बनाउने कार्य गरेका थिए। गीत-संगीत र साहित्यमा समेत सिद्धहस्त भारतीले आफ्नो जीवनकाल सरकारी नोकरी नै नगरीकन खोपासीमा मठ चलाई विज्ञान क्षेत्रमा निकै उल्लेखनीय योगदान गर्दै बिताए।
अन्त्यमा २०३३ साल माघ १० गते ८७ वर्षको उमेरमा उनको मृत्यु भयो। उनलाई २०१६ सालमा तत्कालिन त्रिभुवन पुरस्कार (पछि त्रिभुवन प्रज्ञा पुरस्कार भनिन्थ्यो)बाट सम्मानित गरियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.