क्यामरन बोइस
अमेरिकी अभिनेता / From Wikipedia, the free encyclopedia
क्यामरन मिका बोइस (अङ्ग्रेजी: Cameron Mica Boyce) (मे २८, १९९९ - जुलाई ६, २०१९) एक अमेरिकी अभिनेता थिए ।[1] प्यानिक ! एट द डिस्कोको गीतको भिडियोबाट अभिनय सुरु गरेका बोइसले सन् २००८ मा मिरर्समा काम गरे । उनले पछि सन् २०११ देखि सन् २०१५ सम्म डिज्नी च्यानलको परिस्थिति हास्य शृङ्खला जेस्सीमा लूक रसको भूमिका निर्वाह गरे । उनी ईगल आई, ग्रोन अप्स र ग्रोन अप्स २ जस्ता चलचित्रमा पनि खेलेका थिए । उनलाई डिसेन्डेन्ट्सको कार्लोस र डिज्नी एक्स.डी.को हास्य शृङ्खला गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङको कनरको रूपमा पनि चिनिन्छ । बोइसले जेक एण्ड द नेवरल्यान्ड पाइरेट्समा जेक र स्पाइडरम्यानमा हर्मन शुल्ट्सलाई स्वर दिएका छन् । जुलाई ६, २०१९ मा छारे रोगको कारण बोइसको मृत्यु भयो ।
छरितो तथ्यहरू क्यामरन बोइस, जन्म ...
क्यामरन बोइस | |
---|---|
जन्म | क्यामरन मिका बोइस (१९९९-०५-२८)मे २८, १९९९ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मृत्यु | ६ जुलाई २०१९(2019-07-06) (उमेर २०) लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००८ - सन् २०१९ |
बन्द गर्नुहोस्