छारे रोग
From Wikipedia, the free encyclopedia
छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरू दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुने पछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरूको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |