![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/97/%25E0%25A4%2595%25E0%25A5%2583%25E0%25A4%25A4%25E0%25A4%25BF%25E0%25A4%2596%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25AE.jpg/640px-%25E0%25A4%2595%25E0%25A5%2583%25E0%25A4%25A4%25E0%25A4%25BF%25E0%25A4%2596%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25AE.jpg&w=640&q=50)
कीर्तिखम्बा
From Wikipedia, the free encyclopedia
कीर्तिखम्बा (अन्य नाम: किर्तिस्तम्भ, पृथ्वी मल्लको स्तम्भ, कीर्तिखम्ब) शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो। त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्त्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ।[1]