![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/85/Guranshe.jpg/640px-Guranshe.jpg&w=640&q=50)
दैलेख जिल्ला
From Wikipedia, the free encyclopedia
दैलेख जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। दैलेख जिल्ला कर्णाली प्रदेशअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ।
छरितो तथ्यहरू दैलेख जिल्ला, देश ...
दैलेख जिल्ला | |
---|---|
![]() गुराँसेमा खेतको दृश्य | |
![]() कर्णाली प्रदेशमा दैलेख जिल्लाको (गाढा पहेँलो) स्थान | |
निर्देशाङ्क: २८°५०′१५″उ॰ ८१°४२′२८″पू॰ | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
सदरमुकाम | नारायण नगरपालिका |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, दैलेख |
क्षेत्रफल | |
• जम्मा | १,५०५ किमी२ (५८१ वर्ग माइल) |
उच्चतम उचाई | ४,१६८ मिटर (१३६७५ फिट) |
न्यूनतम उचाई | ५४४ मिटर (१७८५ फिट) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | २६०८५५ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
वेबसाइट | आधिकारिक वेबसाइट |
बन्द गर्नुहोस्