भारतीय चलचित्र कलाकार र हाँस्य कलाकार From Wikipedia, the free encyclopedia
कादर खान (२२ अक्टोबर १९३७ - ३१ डिसेम्बर २०१८) भारतीय चलचित्र क्षेत्रका बहुचर्चित कलाकार हुन्। उनी हिन्दी चलचित्रमा हाँस्य कलाकारको रूपमा अभिनय गर्दथे । उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा प्रवेश गरेका थिए ।[5] खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।[6][7]
कादर खानको जन्म सन् १९३७ साल अक्टोबर २२ तारिखमा अफगानिस्तानको काबुल सहरमा भएको थियो। उनको बुवा को नाम अब्दुल रहमान खान थियो भने आमा को नाम इकबाल बेगमका छोरा थियो । उनी सानो छँदा उनका आमाबुबा काबुल छोडेर मुम्बईको कामठीपुरा जिल्लामा बसाई सरेका थिए ।[8] उनले मुम्बई विश्वविद्यालयको इस्माईल युसुफ कलेजबाट स्नातक गरे । उनले प्राध्यापकको रूपमा काम गरेका थिए र भायकुलाको एम एच साबू सिद्दिक कलेज अफ इञ्जिनियरिमा गणित पढेका थिए ।[9] ५६ वर्षको उमेरमा उनले इस्लामी र अरब साहित्यमा हैदराबादको प्रतिष्ठित उस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरे। एक कुरानिक विद्वानको रूपमा उनले आफ्नो जीवनको अन्तिम दशक विद्यार्थीहरूलाई लिखित शब्दको अर्थ सिकाउन समर्पित गरे।[10]
कादर खानले सन् १९७३ सालमा राजेश खन्नाको चलचित्र दागबाट आफ्नो अभिनयको शुरुवात गरे र ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभयो। उनले २५०[11] भन्दा बढी चलचित्रहरूको लागि संवाद लेखे। अभिनेता हुनु अघि उनले जवानी दीवानीका लागि संवाद लेखेका थिए जसमा रणधीर कपूर र जया बच्चन तारान्कित थिए ।[12]
कादर खानको ८१ वर्षको उमेरमा निधन भयो। लामो समयदेखि बिरामी उनको क्यानडामा उपचारका क्रममा २०१८ डिसेम्बर ३१ मा निधन भएको थियो। उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए।[13]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.