![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c6/Jean-Baptiste-Camille_Corot_-_Orph%25C3%25A9e_%2528modification%2529.jpg/640px-Jean-Baptiste-Camille_Corot_-_Orph%25C3%25A9e_%2528modification%2529.jpg&w=640&q=50)
कवि
From Wikipedia, the free encyclopedia
सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपाली भाषाका आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ । [1]