ओपेक
From Wikipedia, the free encyclopedia
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ ओपेक (, /ˈoʊpɛk/ OH-pek, or ओपेप OPEP अन्य धेरै भाषाहरूमा ) १५ राष्ट्रहरूको अन्तर सरकारी सङ्गठन हो. यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरु (इरान, इराक, कुवेत, साउदी अरब, र भेनेजुएला)द्वारा १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय भियना, अस्ट्रियामा छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो ।
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) | |
---|---|
झन्डा | |
मुख्यालय | भियना, अस्ट्रियामा |
कार्यालय भाषा | अङ्ग्रेजी |
किसिम | अन्तर्राष्ट्रिय सट्टेबाजी[1] |
सदस्यता | |
नेताहरू | |
• महासचिव | मोहमद बर्कीन्दो |
स्थापना | बगदाद, इराक |
• स्थापना | सेप्टेम्बर १९६० |
• सक्रिय | जनवरी १९६१ |
मुद्रा | अमेरिकी डलर प्रति ब्यारल अनुसार क्रमवद्द गरिएको |
वेबसाइट OPEC.org |
यो सङ्गठनको उल्लेखित मिशन '' सदस्य राष्ट्रहरु बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरूलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "[4] यो सङ्गठन अन्तरास्ट्रिय तेल बजारको महत्त्वपुर्ण सुचना संवाहक समेत हो। हालको ओपेक राष्ट्रहरु निम्न राष्ट्रहरु हुन् हालका ओपेक राष्ट्रहरु[सन्दर्भ] अल्जेरिया, एङ्गोला, इक्वेडर, भूमध्यरेखीय गिनी, गाबोन, इरान , ईराक, कुवेत, लिबिया, नाइजेरिया, कतार, गणतन्त्र कङ्गो, साउदी अरेबिया ( अघोषित नेता), संयुक्त अरब इमिरेट्स यु.ए.इ., र भेनेजुएला। इन्डोनेसिया पुर्व सदस्य राष्ट्र हो । महाद्वीपमा दक्षिण अमेरिकाबाट दुई , अफ्रिकाबाट सात र एसिया (मध्य पुर्व)बाट छ राष्ट्र रहेका छन् । ओपेक रास्ट्रको दुई-तिहाई तेल उत्पादन र रिजर्भ यसका छ मध्य पूर्वी राष्ट्रहरूमा रहेका छन् जसले पर्सियन खाडीलाई वरिपरी घेरेका छन् ।
ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी
तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरूमा महत्त्वपुर्ण भूमिका खेलिरहेको हुन्छ । यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । १९७० को दशकमा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रूपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ ।यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णयबाट भएको थियो ।
अर्थशास्त्रीहरूले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रूपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ । डिसेम्बर २०१४ मा ''ओपेक र तेलको मानिसहरूलाई '' विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । [5] तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको उत्पादन लक्ष्य बढाउने प्रलोभन र सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।