एबटाबाद
From Wikipedia, the free encyclopedia
एबटआबाद (उर्दु: ایبٹ آباد) पाकिस्तानको पाकिस्तानको खयबर पख्तुनख्वामा हजारा क्षेत्रमा पर्ने एबटआबाद जिल्लाको सदरमुकाम सहर हो । यो सहर इस्लामआबाद र रावलपिन्डी दुई सहरबाट १२० किलोमिटरको दुरुमा रहेको छ भने पिशावर सहरबाट १५० किलोमिटरमा रहेको छ । यो सहर समुन्द्री सतहबाट १,२६० मिटर उचाइमा रहेको छ । यो सहर कश्मीरबाट पुर्वमा रहेको छ ।
छरितो तथ्यहरू एबट्आबाद ایبٹ آباد, देश ...
एबट्आबाद
ایبٹ آباد | |
---|---|
निर्देशाङ्क: ३४°९′२१″उ॰ ७३°१३′१०″पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | खयबर पख्तुनख्वा |
जिल्ला | एबटआबाद |
तहसील | एबटआबाद |
स्थापना | १८६३ |
उन्नतांश | १,२५६ मिटर (४१२१ फिट) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | २०८,४९१ |
एबट्आबाद: १३८,३११ एबट्आबाद नगरपालिका: ७०,१८० | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०९२२ |
सङ्घीय परिसरको सङ्ख्या | ६[2] |
[3] |
बन्द गर्नुहोस्
यस सहर पाकिस्तानकै सबैभन्दा अनुकूल मौसम, उच्च शिक्षा र पाकिस्तानी सैनिक तालिक केन्द्रको आयोजना गर्ने सहरको लागि चिनिन्छ जुन काकुल सहरमा आयोजना हुने गरेको छ। यस सहरमा रहेका लोकप्रिय पहाड र भिरपाखले गर्दा हरेक वर्ष सयौं पर्यटकहरूलाई यस सहर अवलोकन गर्न आउने गरेका छन् । यस सहर ओसामा बिन लादेनको हत्या गरेको ठाउँको रूपमा प्रचलित छ ।