रावलपिन्डी
From Wikipedia, the free encyclopedia
रावलपिण्डी (पञ्जाबी, उर्दु: راولپِنڈى (पिण्डी पनि भनिन्छ) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको एक प्रमुख सहर हो। रावलपिण्डी राजधानी इस्लामाबादको नजिकको सहर हो र रावलपिण्डी र इस्लामाबाद अर्थिक र सामाजिक रूपमा जोडिएको हुँदा दुई सहरलाई जुम्लिया सहर पनि भन्ने गरिन्छ। [2] रावलपिंडी जनसङ्ख्याको आधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।
रावलपिण्डी
راولپِنڈی पिंडी پِنڈی | |
---|---|
नगरपालिका | |
बायाँबाट घडिको दिशातर्फ: रावलपिण्डी रेलवे स्टेसन, सेन्ट जोसेफ गिर्जाघर, रोहतास किल्ला. | |
देश | ![]() |
प्रान्त | ![]() |
क्षेत्र | रावलपिण्डी क्षेत्र |
सहरहरूको सङ्ख्या | ८ |
सङ्घीय परिसर | ३८ |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• मेयर | सरदार नसिम |
• उप-मेयर | चधरी तरिक महमुद |
क्षेत्रफल | |
• जम्मा | २५९ किमी२ (१०० वर्ग माइल) |
उन्नतांश | ५०८ मिटर (१६६७ फिट) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २०९८२३१[1] |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
• ग्रीष्म (डिएसटी) | युटिसी+६ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०५१ |
वेबसाइट | www |
रावलपिण्डी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ। सन् १९५३ मा गक्खर शासकहरूले सहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिण्डीमा हमला गरेका थिए र सहरलाई पूर्णरूपमा क्षतिग्रस्त बनाएका थियो। सन् १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै सहर सिख शासन अन्तर्गत आएको थियो र अन्ततः लाहौर मा आधारित सिख साम्राज्य भित्र यो सहर एक प्रमुख सहर बन्न पुगेको थियो। सन् १८४९ मा यो सहर ब्रिटिस्ट राजको कब्जामा आएपछि यो सहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो। सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पश्चात् यस सहरलाई पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रूपमा स्थापित गरिएको थियो। [3]