नेपालको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी From Wikipedia, the free encyclopedia
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) वा मेरो मोबाइल नेपालको मोबाइल सेवा प्रदायक हो। नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो। स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग रहेको थियो।[4] २०६५ असोजमा मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी तेलिया सोनेरासँग अनुबन्ध गरेको थियो। राजस्व बजार साझेदारको हिसाबले एनसेल नेपालको पहिलो ठूलो कम्पनी हो भने ग्राहक सङ्ख्याका हिसाबले नेपाल टेलिकमपछिको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो। यो कम्पनी २०६१ भदौ १६ गते स्थापना भएको थियो।[5]
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापित | २०६१ भदौ १६[1] |
केन्द्रीय कार्यालय | लैनचौर, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | जब्बोर कायुमोभ[2] |
उत्पादनहरू | मोबाइल सेवा, जिएसएम, जिपिआरएस, एज, थ्रीजी, फोरजी, एचएचपिए+ |
परिचालन आय | नेरू ४० अर्ब ४२ करोड २० लाख (२०७९)[3] |
नेरू ५ अर्ब ६९ करोड ९ लाख ९६ हजार[3] (२०७९) | |
कुल सम्पत्ति | नेरू ६ खर्ब ८३ अर्ब २९ करोड[3] (२०७९) |
कुल इक्विटी | नेरू १० अर्ब ८० करोड[3] (२०७९) |
कर्मचारी सङ्ख्या | ५००+ (२०७७) |
मूल सङ्गठन | Spectrlite UK Limited |
वेबसाइट | www |
२०७२ चैत ३० मा एनसेल आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको भाग बनेको हो। यसले पहिला राज्यको स्वामित्वमा रहेको र हाल सार्वजनिक दूरसञ्चार कम्पनी नेपाल टेलिकमको एकाधिकार तोडेको थियो। यो सँगै एनसेलले आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको एक अंश बनेको थियो। २०८० मङ्सिर १५ मा, आजियाटाले १ खर्ब ४३ अर्बमा किनेको सेयर साढे ६ अर्बमा बेचेर एनसेलबाट बाहिरिने निर्णय गरेको थियो।[6]
एनसेल प्राइभेट लिमिटेडलाई पहिले स्पाइस नेपाल प्राइभेट लिमिटेडको नामले चिनिन्थ्यो। यस कम्पनीले २०६१ भदौ १६ मा जिएसएम अनुमतिपत्र प्राप्त गरेको थियो।[7] नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजत प्राप्त यस कम्पनीले जिएसएम सेवा तर्फ प्रिपेड तथा पोस्टपेड सिम वितरण गर्ने अधिकार प्राप्त गरेको थियो। यसले आफ्नो आधिकारिक तथा व्यापारिक सेवा २०६२ असोज १ मा, मेरो मोबाइल नामबाट काठमाडौँ उपत्यकाबाट थालेको थियो। हाल यस कम्पनीले नेपालको ७७ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ। तेलिया सोनेराले २०६५ असोजमा स्पाइस नेपालबाट सेयर खरिद गरेको थियो र कम्पनीको नाम एनसेलमा परिवर्तन गरिएको थियो। ३१ भदौ २०६७ मा, एनसेलले थ्रीजी सेवा सुरु गरेको थियो।[8] २०७२ पुस ६ मा तेलिया सोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। २०७२ चैत ३० मा आजियाटाले तेलिया सोनेराबाट १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर खरिद गरेको थियो।[9] १८ जेठ २०७४ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो।[10] २०७७ साउन १९ मा, एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो।[11]
कम्पनीले आफ्नो सुरुवाती अवस्थामा आधारभूत सुविधाहरू जस्तै फोन गर्ने तथा मेसेज मात्र प्रदान गरेको थियो। पछि यसलाई बढाउँदै कम्पनीले एक एक गर्दै ब्ल्याक्बेरी फोन,एनसेल कनेक्ट (इन्टरनेट चलाउने डाटा कार्ड) त्यस्तै एज/जिपिआरएस,भोइस मेल जस्तै अन्य सुविधाहरू थप गरेको थियो। एनसेलले हालसम्म १०० भन्दा बढी देशका ३२५ दूरसञ्चार कम्पनीसँग सहकार्य गरी रोमिङ सेवा उपलब्ध गराएको छ।[12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.