एडम स्मिथ
स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनीतिक अर्थशास्त्री / From Wikipedia, the free encyclopedia
एडम स्मिथ एक स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनीतिक अर्थशास्त्री थिए। उनलाई अर्थशास्त्रको पितामह पनि भनिन्छ। आजको लोकप्रिय विषय अर्थशास्त्र ज्ञानको रूपमा ज्यादै प्राचीन भए तापनि एक विषयको रूपमा यसको आरम्भ एडम स्मिथ पछि नै स्वीकार गरिएको छ । जसले आर्थिक क्रियाकलापमा मानवीय स्वार्थलाई ज्यादै स्पष्ट रूपमा व्याख्या गरे । यिनै महान विचारक र अर्थशास्त्री को जन्म ५ जून सन् १७२३ मा स्कटल्याण्डको किर्काडी भन्ने ठाउँमा भएको थियो । त्यस स्थानमा उनका पिता सीमा कर अधिकारीको पदमा कार्यरत थिए । स्मिथ जन्मनु तीन महिना अघि उनका पिताको स्वर्गवास भइसकेको थियो । यसरी उनी गर्भे टुहुरा हुन पुगेका थिए ।[1]
स्मिथको पालन पोषण र शिक्षा दीक्षा विधवा आमाको वात्सल्यपूर्ण वातावरणमा भएको थियो । स्मिथकी आमा एक विदुषी महिला थिइन् । जसको जीवनको गहिरो प्रभाव उनको जीवनमा परेको थियो ।
स्मिथको प्रारम्भिक शिक्षा स्थानीय स्कूलमा भएको हो । पन्ध्रवर्ष भन्दा पनि कम उमेरमा अर्थात् स्कूल अध्ययनको अवधिमा उनले उच्चकोटिका साहित्यिक ग्रन्थ र गणित को ज्ञान हासिल गरिसकेका थिए । साहित्य र गणितको राम्रो ज्ञान भएकाले उनले ग्लासगो कलेजमा सजिलै भर्ना हुन पाएका थिए । सन् १७४० सम्म उनले त्यही कलेजमा अध्ययन गरे । सन् १७०० सम्म उनले त्यही कलेजमा अध्ययन गरे ।
ग्लासगो कलेजको चार वर्षको अवधि स्मिथका जीवनको अविस्मरणीय घटना हुन पुग्यो । किनभने उनले त्यहां असल विद्यार्थी र विद्वान शिक्षकको संगतमा धेरै कुराहरु सिक्ने मौका पाए । त्यहां फ्रांसिस हचेसनको प्रभाव उनमा विशेष परेको थियो । त्यहां उनले अन्य चारजना विद्यार्थी सहित अक्सफोर्ड विश्वविद्यालयमा उच्च शिक्षाकालागि छात्रवृत्ति पाए । यो छात्रवृत्ति ४० पौण्डको थियो । जुन विशेष योग्य विद्यार्थीलाई प्रदान गरिन्थ्यो ।[2]
अक्सफोर्ड विश्वविद्यालयको वेलियल कलेजमा उनले सन् १७४० देखि सन् १७४६ सम्म अध्ययन गरे । अध्ययनका लागि ग्लासगोबाट अक्सफोर्ड जांदा उनले ४०० माइलको दूरी घोडामा चढेर पूरा गरेका थिए । स्कटल्याण्डको सीमा पार गरी इंग्ल्याण्डको सीमा भित्र प्रवेश गर्दा उनी इंग्ल्याण्डका कृषिको उन्नत र समृद्ध आर्थिक अवस्थाको गहन अध्ययन गरे । यसैको प्रभाव उनको पुस्तक वेल्थ अफ नेशन्समा देख्न पाइन्छ ।
अक्सफोर्डमा अध्ययनरत रहंदा स्मिथले ग्लासगोमा जस्तै असल विद्यार्थी शिक्षकहरूको संगत प्राप्त गर्न सकेनन् । यसको फलस्वरुप उनी एकान्तप्रेमी भइ अझ गहन अध्ययनमा लागे । अक्सफोर्डको अनुभव स्मिथ को लागि रमाइलो नरहेको कुरा उनी स्वयंले स्वीकारेका छन् । सन् १७४६ मा बी.ए.को उपाधि प्राप्त गरेपछि स्मिथ फेरि आफ्नो जन्म स्थान किर्काडीमा फर्के । सन् १७५० को अवधिसम्म उनले आफ्नी आमाको सान्निध्यमा रहेर स्वाध्याय गरे । यसबेला उनले तर्कशास्त्र, साहित्य र आर्थिक विषयमा लेखहरु लेखे । यी लेखहरु त्यसबेला निकै चर्चित रहे । जसले गर्दा स्मिथको प्रसिद्धि बढ्यो ।
लगभग १०० वर्ष पछि जे एस मिलले एडम स्मिथको वेल्थ अफ नेशन्सको पुनः सम्पादन र प्रकाशन गरेर यसको प्रसिद्धिलाई निरन्तरता दिए ।
एडम स्मिथ | |
जन्म: | १६ जुन १७२३ किरकेल्डी, स्कटल्यान्ड |
---|---|
मृत्यु: | १७ जुलाई १७९० एडनबर्ग, स्कटल्यान्ड |
क्षेत्र: | पाश्चात्य दर्शन (१८औं शताव्दी) |
विशेष रुचि: | राजनीतिक दर्शन, नैतिकता, अर्थशास्त्र |
हस्ताक्षर: |