![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0b/Pulchowk_campus.jpg/640px-Pulchowk_campus.jpg&w=640&q=50)
इन्जिनियरिङ अध्ययन संस्थान
नेपालको सरकारी इन्जिनियरिङ संस्थान / From Wikipedia, the free encyclopedia
त्रिभुवन विश्वविद्यालय[1] अन्तर्गतका पाँच अध्ययन संस्थानहरु मध्ये इन्जिनियरिङ अध्ययन संस्थान [2]एक हो । यसको स्थापना नयाँ शिक्षा योजना सँगै वि.सं. २०२९ सालमा भएको हो । स्थापना कालमा यसले राष्ट्रिय आवश्यकता अनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इन्जिनियरहरू उत्पादन गर्ने, विभिन्न तहका जनशक्तिलाई तालिम दिने र देशको इन्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी अनुसन्धान गर्ने तथा परामर्श सेवा उपलब्ध गराउने मूलभूत उद्देश्यहरू राखेको थियो। यी उद्देश्यहरू प्राप्तिका लागि हाल इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत चारवटा आंगिक क्याम्पसहरू सञ्चालित छन्। ती क्याम्पसहरु, केन्द्रीय क्याम्पस, पुल्चोक (ललितपुर), थापाथली क्याम्पस (काठमाडौँ), पूर्वाञ्चल क्याम्पस (धरान) र पश्चिमाञ्चल क्याम्पस (पोखरा) हुन् । उच्च शिक्षामा नीजि तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्य अनुरुप इन्जिनियरिङ शिक्षा प्रदान गर्नका लागि त्रि.वि.बाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेजहरु पनि इ.अ.संस्थान अन्तर्गत सञ्चालनमा रहेका छन्। ईन्जिनियरिङ विधाका विभिन्न क्षेत्रहरूमा उच्च स्तरीय दक्ष जनशक्ति उत्पादन गर्नुका साथै सोध तथा अनुसन्धानका क्षेत्रहरूमा समेत नेतृत्वदायि भूमिका निर्बाह गर्नु पर्ने आजको चुनैतिपूर्ण आवश्यकतालाई यसले आफ्नो गहन जिम्मेवारीको रूपमा लिँदै आएको छ।
![]() | |
स्थापना | २०२९ साल |
---|---|
कुलपति | नेपालका प्रधानमन्त्री |
उप-कुलपति | प्रा.डा. तिर्थराज खनियाँ |
डिन | प्रा. रामचन्द्र सापकोटा |
ठेगाना | , , |
वेबसाइट | ईन्जिनियरिङ अध्ययन संस्थान |
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस, पुल्चोक, पश्चिमाञ्चल क्याम्पस, पूर्वाञ्चल क्याम्पस, थापाथली क्याम्पस तथा त्रि.वि.बाट सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भई अध्ययन गर्न चाहने आवेदकहरूले अनिवार्यरूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश–परीक्षा दिई विद्यापरिषदले तोके अनुसार न्यूनतम् अंकभार तथा मापदण्ड पूरा गरी प्रबेश परीक्षामा सफल भएको हुनुपर्नेछ।