इथानोल इन्धन
From Wikipedia, the free encyclopedia
इथानोल इन्धन भनेको उर्जाको लागि प्रयोग हुने इथाइल अल्कोहल हो। मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायः जसो मोटर इन्धन, मुख्यतया पेट्रोलको लागि एक जैविक ईन्धन संयोजकको रूपमा प्रयोग गरिन्छ।
इथानोल ईन्धनको " पेट्रोल ग्यालन समतुल्य " (GGE) १.५ छ, अर्थात् १ लिटर पेट्रोलले दिने बराबरको उर्जा प्राप्त गर्न १.५ लिटर इथानोलको आवस्यकता पर्छ। [1] [2]
बायोइथानोल (जैविक इथानोल) नवीकरणीय उर्जाको एक रूप हो जुन कृषि उत्पादनबाट उत्पादन गर्न सकिन्छ। यो धेरै साधारण बालीहरू जस्तै गाँजा, उखु, आलु, कासावा र मकैबाट बनाउन सकिन्छ । पेट्रोल प्रतिस्थापनमा जैविक इथानोल कती उपयोगी छ भन्ने बारेमा पर्याप्त बहस भएको छ। यसको उत्पादन र प्रयोगको चिन्ता खाद्यान्नको मूल्य वृद्धिसंग सम्बन्धित छ[3]। यसको कारण भनेको खाद्यान्न उब्जनीको लागि आवश्यक कृषि योग्य जमिनको ठूलो मात्रा र साथ साथै इथानोल उत्पादनको सम्पूर्ण चक्रको उर्जा र प्रदूषण सन्तुलनको सँग सम्बन्धित छ। [4] [5]