आर्टेमिसको मन्दिर
From Wikipedia, the free encyclopedia
आर्टेमिसको मन्दिर प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। डाइनाको मन्दिर भनेर चिनिने यो एउटा प्राचीन युनानी मन्दिर थियो।[1] यो आजको वर्तमान टर्कीमा रहेको थियो। यो मन्दिर देवी डायनालाई समर्पित युनानी मन्दिर थियो। यो मन्दिर इसा पूर्व ४०१ मा विनाश हुनुपूर्व तीन पटक पुनर्निर्माण गरिएको थियो।[2] अहिले मन्दिर रहेको ठाउँमा जग तथा मूर्तिका टुक्राहरू रहेका छन्।