From Wikipedia, the free encyclopedia
पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन्। उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन।[3][4][5] सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ।[6]
सुन्दर पिचाई | |
---|---|
பிச்சை சுந்தராஜன் | |
जन्म | पिचाई सुन्दराराजन १२ जुलाई १९७२ चेन्नई, तमिलनाडु, भारत |
नागरिकता | संयुक्त राज्य अमेरिका [1] |
शिक्षा | बिटेक, एमएस र एमबिए |
मातृ शिक्षाप्रतिष्ठान | आइआइटि खडगपुर स्ट्यानफोर्ड विश्वविद्यालय पेन्सिलभेनिया विश्वविद्यालय |
पेशा | उत्पादन प्रमुख र गुगलको मनोनित कार्यकारी प्रमुख[2] |
कामदार | गुगल |
जीवनसाथी | अञ्जली पिचाई |
पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो। उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो।[7] उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागि काम गर्थे।[8][9][10] सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए।[11] उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटी खडगपुरमा पढ्ने गर्थिन।[12] र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ।[4][13][14]
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडगपुरमाबाट सन् १९९३ बिटेक गरि स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९५मा एमएस (इन्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन् २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एमबिएको डिग्री प्राप्त गरेका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.