यान्देक्स ब्राउजर (रुसी: Яндекс.Браузер) बहुप्रतिष्ठित रूसी वेब खोजी निगम यान्देक्सद्वारा विकसित एक फ्रिवेर वेब ब्राउजर हो[1] जसले ब्लिङ्क वेब ब्राउजर इञ्जिनको प्रयोग गर्दछ र यो क्रोमियम खुला स्रोत परियोजनामा आधारित छ। यो ब्राउजरले वेब पृष्ठको सुरक्षा यान्देक्स सुरक्षा प्रणाली मार्फत जाँच गर्दछ र डाउनलोड भइसकेका फाइलहरू क्यासपरस्काई एण्टि भाइरस मार्फत जाँच गर्दछ।[2] याण्डेक्स ब्राउजर बेलारूसी, अङ्ग्रेजी, कजाखस्तानी, रूसी, टुर्की र युक्रेनी गरी ६ वटा भाषामा उपलब्ध छ।[2][3]
विकासकर्ता(हरू) | यान्देक्स |
---|---|
सुरुवाती जारी मिति | १ अक्टोबर २०१२ |
प्रोग्रामिङ भाषा | सि++, जाभा स्क्रिप्ट |
सञ्चालन प्रणाली | |
इञ्जिन | ब्लिङ्क |
सुखाङ्ख्य मञ्च | एआरएम, आइए-३२, एक्स८६-६४ |
आकार | ६० मेगाबाइट |
उपलब्ध भाषाहरू | बेलारूसी, अङ्ग्रेजी, कजाख, रूसी, टुर्की, युक्रेनी |
विकासको स्थिति | चालू |
प्रकार | Web browser |
सफ्टवेर अनुमति पत्र | फ्रिवेर[1] |
वेबसाइट | browser |
यो वेब ब्राउजर ओपेरा सफ्टवेयरको टर्बो प्रविधि प्रयोग गरी सुस्त भएको इण्टरनेटको गतिलाई बढाउने काम गर्दछ।[4]
यो ब्राउजरको आधिकारिक अनुप्रयोग विन्डोज, आइओएस, म्याक ओएस र एन्ड्रोइडमा उपलब्ध छ। अक्टोबर २०१४ मा लिनक्सको परीक्षण संस्करण पनि सार्वजनिक गरिएको थियो।[5]
रूसमा हाल यान्देक्स गुगल खोजी मार्फत वेब खोजी प्रतिस्पर्धा झेलिरहेको छ।[6] गुगल क्रोम रूसको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो जसले गुगल खोजीको प्रयोग गर्दछ जुन यसको प्रणालीमा पुनर्निर्धारित वेब खोजी इञ्जिन हो।[6] जून २०१२ मा, मोजिला फायरफक्स, विश्वको तेस्रो सबैभन्दा लोकप्रिय वेब ब्राउजरले याण्डेक्स खोजीलाई हटाउँदै गुगल खोजी राख्नमा एक सम्झौता गरेको थियो। यान्देक्स ब्राउजरको स्मार्टबक्समा यान्देक्स खोजी पुनर्निर्धारित वेब ब्राउजर हुन्छ जसले गर्दा यान्देक्सलाई रूसी बजारमा गुगलसँग प्रतिस्पर्धा गर्न सहज बनाएको छ।[7]
फरक विशेषताहरू
याण्डेक्स ब्राउजरका फरक विशेषताहरू यस प्रकारका छन्:
१) यान्देक्स ब्राउजरमा, विन्डोज ८ जस्तै अन्तरखुख साथ फरक "नयाँ ट्याब" पर्दा र लोकप्रिय सेवाहरूको लागि विशेष विजेट (जस्तै, जीमेल, नपढेका सन्देशहरूको सङ्ख्या देखाउँने) जस्ता दुईवटा उत्तम सुविधा रहेका छन्।[8]
२) एकीकृत किबोर्ड नमूना, शब्द साट्ने सुबिधा: उदाहरणको लागि यदि प्रयोगकर्ताले जि-मेल डटकम प्रयोग गर्दछ र रूसी भाषामा "пьф" लेखेर प्रविष्ट थिच्यो भने उक्त प्रयोगकर्ता सिधै जिमेल डटकममा निर्देशित हुन्छन्।[8]
सुरक्षा
वाइफाई सुरक्षा
खुला वाइफाई वा डब्ल्यूइपी सुरक्षा कमजोर भएको सञ्जालमा जब हामी जोडिन्छौ याण्डेक्स ब्राउजरले स्वचलित रूपमा आफु र एचटिटिपी साइटहरूमा ट्राफिकको गुप्तिकरण गर्दछ।[9]
बजार साझेदारी
लाइभ इण्टरनेटको विश्लेषण अनुसार, यान्देक्स ब्राउजर यसको सार्वजनिकको दुई महिना पश्चात् २.३% बजार ढाकेको थियो[10] भने मार्च २०१९ मा कम्प्युटरहरूमा यसको बजार साझेदारी १४.८६% र मोबाइल उपकरणहरूमा ८.५४% पुगेको थियो। यान्देक्स ब्राउजर रूस तथा रूस वरिपरिका देशहरूमा लोकप्रिय छ।[11]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.