चिया उद्योगका संस्थापक From Wikipedia, the free encyclopedia
गजराज सिंह थापा नेपाली चिया उद्योगका संस्थापक हुन् । उनी नेपाली सेनाका कर्णेल एवम् इलाम गौंडाका बडाहाकिम पनि थिए । उनले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ । [1]
बडाहाकिम श्री गजराज सिंह थापा | |
---|---|
इलाम गौंडाका बडाहाकिम | |
व्यक्तिगत विवरण | |
नाता | ससुरा जंगबहादुर राणा |
अभिभावक |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
श्रेणी | कर्णेल |
उनको जन्म करिब सन् १८३० तिर काजी हेमदलसिंह थापाको पुत्रको रूपमा भयो । उनका हजुरबुवा सरदार अचल सिंह थापा हुन् । उनले जङ्ग बहादुर राणाकी जेठी छोरी बदनकुमारीसँग विवाह गरेका थिए ।[2] उनका छोरा कर्णेल हर्कजङ्ग थापा हुन् र नाति डिल्ली जङ्ग थापा राजविराज नगरपालिकाको डिजाइनर (पहिलो टाउन-प्लानिङ) हुन् ।
दार्जिलिङको भ्रमणमा उनले चिया निकै स्थानहरूमा पिएका थिए । चियाको बिज उपहार स्वरुप पाउनासाथ सोक्तिममा चिया खेती गरेका थिए । १०३ एकड जग्गामा क्यामेलिया साइनेनसिस नामक चियाको बिजारोपण गरेपछि नेपालको सन्दर्भमा चियाले एक दैनिक पेय पदार्थको स्थान पाएको हो । [3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.