From Wikipedia, the free encyclopedia
कतारको कूटनीतिक सङ्कट एउटा कूटनीतिक घटना थियो वि.सं २०७४ जेठ २२ तदनुसार सन् २०१७ जुन ५ मा, सुरु भएको थियो जब साउदी अरबले, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्दै कतारमा दर्ता भएका विमान र जहाजहरूलाई साउदी अबरको आफ्नो हवाई क्षेत्र र समुद्री मार्गहरूको उपयोग गर्न प्रतिबन्ध लगाएको थियो।[10] यसमा पछि जोर्डन पनि सामेल भएको थियो जसलाई माल्दिभ्स, मौरिटानिया, सेनेगल, जिबुटी, कोमोरोस, यमन र लिबियामा तुब्रुक आधारित सरकारले उनीहरूलाई सहयोग पुर्याएको थियो।[11]
कतारको कूटनीतिक सङ्कट | |||||||
---|---|---|---|---|---|---|---|
अरबी शीत, कतार–साउदी अरब कूटनीतिक सङ्कट, र इरान–साउदी अरब परोक्ष सङ्कटको भाग | |||||||
| |||||||
कूटनीतिक विवादमा संलग्न भएका दलहरू | |||||||
साउदी अरब संयुक्त अरब इमिरेट्स बहराइन मिस्र माल्दिभ्स यमन[a] मुरितानिया जिबुती कोमोरोस नाइजर गाबोन अन्य: लिलिया (तुब्रुक)[b] सोमालिल्यान्ड[c] पूर्व: सेनेगाल (सन् २०१७ सम्म) चाड (सन् २०१८ सम्म) जोर्डन (सन् २०१९ सम्म)[7] |
कतार समर्थक: टर्की (खाद्य सहायता, कूटनीतिक र सैन्य समर्थन)[8] इरान (खाद्य सहयोग, वायु सहयोग र कूटनीतिक समर्थन)[9] अन्य: लिबिया (त्रिपोली) मुस्लिम भातृभाव हमास (आरोपित) | ||||||
क अदनमा तैनाथ सरकारले कतारसँगको सम्बन्ध विच्छेद गरेको छ। ख तुब्रुक-आधारित सरकारले जनवरी २०१६ मा, राष्ट्रिय सहमतिको सरकारको गठन गरेसँगै अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ।तुब्रुकस्थित सरकारले कतारसँगको कूटनीतिक प्रतिनिधित्व नभएपनि सम्बन्ध बिच्छेद गरेको दावी गरेको छ। ग सोमालिल्यान्डको स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता प्रदान गरेको छैन। |
साउदी नेतृत्वको गठबन्धनले कतारको आतङ्कवादको लागि कथित समर्थनलाई उसको कार्यको मुख्य कारणको रूपमा उद्धृत गर्दै खाडी सहयोग परिषद्को सदस्य राष्ट्र कतारलाई सन् २०१४ को सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको थियो।[12] साउदी अरब र अन्य देशहरूले अल जजिरा र इरानसँगको कतारको सम्बन्धलाई आलोचना गरेका थिए। कतारले केही इस्लामी समूहहरू (जस्तै मुस्लिम भातृभाव) लाई सहयोग पुर्याएको तर अल-कायदा वा इस्लामी राज्यसँग सम्बन्धित लडाकू समूहलाई सहयोग गर्न अस्वीकार गरेको स्वीकार गरेको थियो। कतारले संयुक्त राज्य अमेरिकालाई आतङ्कवाद विरूद्धको युद्ध र इस्लामी राज्य विरूद्ध भइरहेको सैन्य हस्तक्षेपमा सहयोग पुर्याएको दावी गरेको थियो।
प्रारम्भिक आपूर्ति अवरोधहरू इरान र टर्कीबाट थप आयातले कम गरेको थियो र कतारले साउदी नेतृत्वको गठबन्धनको कुनै पनि मागमा सहमत भएको थिएन। मागमा इरानसँग कूटनीतिक सम्बन्ध घटाउने, टर्कीसँग सैन्य समन्वय रोक्ने र अल जजिरा बन्द गर्ने जस्ता मागहरू रहेका थिए।[13][14]
सन् २०१७ जुलाई २७ मा कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले पत्रकारलाई बताए अनुसार इजिप्ट, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले कतारलाई जिद्दीपन देखाइरहेको र सङ्कट समाधानका लागि कुनै कदम नचालेको बताएका थिए।[15]
अल थानीले यस विषयमा सुरक्षा परिषद्, महासभा र सबै संयुक्त राष्ट्रका संयन्त्रले अवस्था समाधान गर्न भूमिका खेल्न सक्ने बताएका थिए। सन् २०१७ अगस्त २४ मा, कतारले इरानसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापना गरेको घोषणा गरेको थियो।[16]
सन् २०२१ जनवरी ४ मा, कतार र साउदी अरब, कुवेत र संयुक्त राज्य अमेरिका सङ्कटको समाधान गर्न सहमत भएका थिए। साउदी अबरले कतारसँगको आफ्नो सिमाना पुनः खोल्ने र मेलमिलापको लागि प्रक्रिया सुरू गर्ने बताइएको थियो। अल-उलामा खाडी सहयोग परिषद्को शिखर सम्मेलन पछि सन् २०२१ जनवरी ५ मा एक सम्झौता हस्ताक्षर गरिएको थियो।[17] कतारमाथि लगाइएको नाकाबन्दी हटाइएकोमा नेपालले स्वागत गरेको थियो।[18]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.