शताब्दी From Wikipedia, the free encyclopedia
२१औँ शताब्दी शताब्दीमा इस्वी सम्वत् युगको वर्तमान शताब्दी हो। यो सन् २००१ जनवरी १ मा सुरु भयो र सन् २१०० डिसेम्बर ३१ मा समाप्त हुनेछ।[1] विक्रम सम्वत् पात्रो अनुसार यो वि.सं. २०५७ पौष १७ मा सुरु भएर वि.सं. २१५६ पौष १६मा समाप्त हुनेछ।
२१औँ शताब्दीको सुरुवातमा विश्वव्यापी अर्थतन्त्र र तेस्रो विश्व उपभोक्तावादको उदय र निजी उद्यममा बृद्धि देखिएको थियो। सन् २००१ मा सेप्टेम्बर ११ को हमलाको आतङ्कवादी हमलापछि, आतङ्कवाद विश्वव्यापी चिन्ताको विषय भएको छ।[2][3][4] सन् २००० को दशकको प्रारम्भमा अफगानिस्तान र इराकमा नाटो हस्तक्षेप र सन् २०१० को सुरुवातको अरब वसन्तको समयमा धेरै अरब मुलुकमा शासन परिवर्तन हुँदै अरब राष्ट्रहरूमा मिश्रित परिणामहरू निम्त्याएको थियो जसको परिणामस्वरूप धेरै देशमा गृहयुद्ध तथा राजनीतिक अस्थिरता वृद्धि भएको थियो।[5] संयुक्त राज्य अमेरिका विश्वव्यापी महाशक्तिमा कायम रहेको छ, जबकी चीनलाई अहिले एक उदीयमान महाशक्ति मानिन्छ।
प्रारम्भिक सन् २०२० को दशकको प्रारम्भमा कोभिड-१९ महामारी कारणले विश्वभरिका ५ लाख जनाको मृत्यु भएको थियो। सन् १९३० भीषण मन्दी यता कै ठूलो विश्वव्यापी आर्थिक शिथिलता देखा परेको छ।
दस्तावेजीकरण गरिएको इतिहासको सुरुदेखि सन् २००३ सम्म मानवताको सम्पूर्ण लिखित कार्यहरूको, सबै ज्ञात भाषाहरूमा पाँच एक्साबाइट डेटा अनुमान गरिएको छ।[6][7] सन् २००३ देखि, सामाजिक सञ्जाल र "प्रयोगकर्ताद्वारा उत्पन्न सामग्री" को सुरुवातसँगै, समान मात्राको डेटा प्रत्येक दुई दिनमा सिर्जना गरिन्छ।[8] मानव ज्ञान र सूचनाको वृद्धि घातीय दरमा जारी रहेको छ।
२१औँ शताब्दीको प्रारम्भमा दूरसञ्चारहरू २०औँ शताब्दीको अन्ततिरको तुलनामा धेरै उन्नत र विश्वव्यापी छन्। सन् १९९० को दशकको उत्तरार्धमा विश्वको केही प्रतिशत जनसङ्ख्यासम्म मात्र इन्टरनेट र मोबाइल फोनको पहुँच थियो। सन् २०१८ को अनुसार, विश्वको ५५% जनसङ्ख्याले इन्टरनेटको प्रयोग गर्दछन् भने सन् २०१९ को तथ्याङ्क अनुसार, अनुमानित विश्वको ६७% मानिसमा मोबाइल फोन पुगेको छ।[9] सन २०१० को दशकमा, कृत्रिम बौद्धिकताको प्रयोग अत्याधिक मात्रामा बढेको देखिन्छ। इन्टरनेटको प्रयोग बढ्दो छ। सन् २०१७ मा, विश्वको जनसङ्ख्याको १४% अझै पनि बिजुलीको अभाव रहेको तथ्याङ्कमा उल्लेख छ।[10]
आर्थिक र राजनीतिक रूपमा, संयुक्त राज्य अमेरिका र पश्चिमी युरोप शताब्दीको सुरुमा प्रभावशाली थिए। सन् २०१० को दशकमा, चीन एक उदीयमान विश्वव्यापी महाशक्ति र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो। क्रय शक्तिको मामिलामा, सन् २०११ को छेउछाउ भारतको अर्थव्यवस्था जापानको भन्दा ठूलो भएको थियो।[11]
बिटकोइन र अन्य क्रिप्टो मुद्रा विकेन्द्रीकृत मुद्रा हुन् जुन कुनै पनि केन्द्रीय बैंकद्वारा नियन्त्रित हुँदैनन्। यी मुद्राहरू इन्टरनेटको विस्तारित उपलब्धताको कारणले विश्वव्यापी रूपमा लोकप्रियतामा बढ्दै गएको छ र मुख्य रूपमा मूल्यको भण्डारको रूपमा प्रयोग गरिन्छ।
२१औँ शताब्दीमा केही क्षेत्रहरू स्वतन्त्र भएका छन्। यो २१औँ शताब्दीमा स्वतन्त्रता प्राप्त गरेका र संयुक्त राष्ट्र सङ्घले मान्यता पाएका सार्वभौम राज्यहरूको सूची हो।
२००० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२००१ गुजरात भुकम्प | २००१ जनवरी २६ | भारत गुजरात | करिब २०,००० मानिसको मृत्यु | |
२००१ एल साल्भाडोर भूकम्प | २००१ जनवरी १३ | सयौंको मृत्यु, हजारौँ घाइते र धेरै घरबारविहीन | एल साल्भाडोर | ठूलो विनाशकारी पहिरो, गयो। एक महिना पछि, फेब्रुअरी १३, २००१ मा, देशमा- ६.७ तीब्रताको दोस्रो भूकम्प गयो |
२००३ युरोपेली तातो लहर | युरोप | ७०,००० मानिसको मृत्यु | ||
२००३ बाम भूकम्प | डिसेम्बर २७, २००३ | इरान | २६,००० भन्दा बढीको मृत्यु | |
२००४ तूफान जीन | सेप्टेम्बर २००४ | हाइटी | ३,००० भन्दा बढी मानिसको मृत्यु | |
२००४ हिन्द महासागर भूकम्प र सुनामी | डिसेम्बर २६, २००४ | दक्षिणपूर्वी एशिया | लगभग २३०,००० मानिसको मृत्यु | समुद्रमुनि एक विशाल भूकम्पको परिणामस्वरूप |
२००५ कश्मीर भूकम्प | अक्टोबर ८, २००५ | भारत र पाकिस्तान | ७४,५०० | |
२००८ चक्रवात नरगिस | १००,००० भन्दा बढीको मृत्यु लाखौँ घरबारविहीन | |||
२००८ सिचुआन भूकम्प | मे १२, २००८ | चीनको सिचुआन | ६८,७१२ जनाको मृत्यु
१७,९२१ बेपत्ता |
७.९ र ८.० म्याग्निच्युडको भूकम्प |
२००९ फ्लू महामारी | इन्फ्लुएन्जा ए भाइरस उपप्रकार H1N1 को विश्वव्यापी प्रकोप जुन २००९ सम्ममा विश्वव्यापी रूपमा महामारीको रूपमा फैलियो। | |||
२०१० हाइटी भूकम्प | जनवरी १२, २०१० | हाइटी | २३०,००० मानिसको मृत्यु
तीन लाख मानिस घरबारविहीन |
|
२०१० चिली भूकम्प | फेब्रुअरी २७, २०१० | मध्य चिलीको तट | ८.८ म्याग्निच्युड भूकम्प | |
२०१० युसु भूकम्प | अप्रिल १४, २०१० | तिब्बत नजिकैको छिन्घाइमा चीनको युसु क्षेत्र | २,२०० भन्दा बढी मानिसको मृत्यु | ६.९ म्याग्निच्युडको ठूलो भूकम्प |
२०१० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२०७२ को भूकम्प | २०१५ अप्रिल २५ | मध्य नेपाल | करिब ९,००० मानिसको मृत्यु
२२,००० घाइते र झण्डै ३० लाख मानिस घरबारविहीन |
७.८ म्याग्निच्युडको भूकम्प। भूकम्पको धक्का भारत, पाकिस्तान र बंगलादेशमा महशुस गरिएको थियो । |
२०२० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२०२०-२०२१ मा सुडान बाढी | २०१५ अप्रिल २५ | सुडान र दक्षिण सुडान | लाखौं मानिस विस्थापित | |
२०२१ मा चीनको हेनान बाढी | कम्तिमा २० व्यक्तिको मृत्यु | भारी वर्षा सहित कम्तिमा २० से. प्रति घण्टाक गतिको आँधी इन-फाको | ||
२०२१ युरोपेली बाढी | बेल्जियम, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्रोएसिया, स्विट्जरल्यान्ड, इटाली र लक्जेम्बर्ग | १८८ भन्दा बढी मानिसको मृत्यु | जर्मनीमा आएको बाढी सन् १९६२ को उत्तरी समुद्री बाढीपछि कै सबैभन्दा घातक साबित भएको थियो। |
दूरसञ्चार र यातायातमा भएको प्रगति, पूँजीवाद र लोकतन्त्रको विस्तार १९८० को दशक, र पछि स्वतन्त्र व्यापार सम्झौताहरू अभूतपूर्व विश्वव्यापी आर्थिक र सांस्कृतिक एकीकरण परिणाम छन्। अधिकांश अर्थशास्त्रीहरू स्वतन्त्र व्यापारले आर्थिक वृद्धि र साना व्यवसायहरू सहित अधिकांश मानिसहरूलाई फाइदा पुऱ्याउने विश्वास गर्छन्। [16] हालैका वर्षहरूमा, तथापि, भूमण्डलीकरण विरुद्ध प्रतिक्रिया र केही नेता र राष्ट्रहरूमा संरक्षणवादी मनोवृत्तिमा फर्किएको छ, विशेष गरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उदय र संयुक्त अधिराज्यद्वारा युरोपेली सङ्घ छोड्ने निर्णय यसका उदाहरण हुन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.