सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)

From Wikipedia, the free encyclopedia

Remove ads

सूचना तथा सञ्चार मन्त्रालय नेपाल सरकारको सूचनाहरू प्रवाह गर्ने तथा नेपाल भरी सञ्चार संबन्धि कार्यहरू गर्ने मन्त्रालय हो।

इतिहास

सूचना तथा सञ्चार क्षेत्रको विकास तथा बिस्तारका लागि २०२८ साल साउन १ गतेसञ्चार मन्त्रालयको स्थापना भएको हो। यस अघिसम्म निर्माण, यातायात तथा सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार क्षेत्रका विषयहरू हेर्ने जिम्मेवारी सुम्पिएको थियो।

श्री ५को सरकार (कार्य विभाजन) नियमावलीले यस मन्त्रालयलाई सुम्पेका जिम्मेवारीअनुरूप यस मन्त्रालयको नाम सूचना तथा सञ्चार मन्त्रालय कायम गर्न प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ले सुझाव प्रस्तुत गरेअनुसार तत्कालीन सञ्चार मन्त्रालयलाई२०४९ सालदेखि सूचना तथा सञ्चार मन्त्रालय नामाकरण गरिएको हो।

Remove ads

उद्देश्यहरू

सूचना तथा सञ्चार मन्त्रालय देहायका उद्देश्यहरूको प्राप्तिमा क्रियाशील रहीआएको छ।

  • नेपाल अधिराज्यको संविधान, २०४७द्वारा प्रत्याभूत जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकको संरक्षण एवम् सर्म्बर्द्धन गर्ने, नेपाल अधिराज्यको र्सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वतन्त्रता एवम् स्वाभिमानलाई अक्षुण्ण राख्ने विषयमा सहयोग पुर्‍याउने र प्रजातन्त्रको संस्थागत विकास गर्न मुलुकको आर्थिक, सामाजिक क्रियाकलापलाई जनता समक्ष पुर्‍याउँदै प्रजातान्त्रिक संस्कारको सर्म्बर्द्धन गर्ने।
  • विभिन्न जाति, भाषा, वर्ग र धार्मिक सम्प्रदायका बीच समानता, आपसी सद्भाव र सामञ्जस्यको वातावरण सिर्जना गरी राज्यका निदर्शे क सिद्धान्तको आधारमा सम्पूर्ण जनताले शान्तिपूर्वक प्रजातन्त्रका लाभहरूको उपयोग गर्न सक्ने गरी नागरिकहरूलाई चेतनशील तुल्याउन सञ्चार माध्यमलाई प्रभावकारी बनाउने।
  • राष्ट्रिय हितलाई सर्वोपरी राखी संवैधानिक राजतन्त्र एवम् बहुदलीय प्रजातन्त्रका आधारभूत मूल्य तथा मान्यताको संरक्षण गर्दै राष्ट्रिय एकताको संरक्षण एवम् सुदृढीकरण गर्ने कार्यमा सघाउ पुर्‍याउन सूचना तथा सञ्चार क्षेत्रलाई क्रियाशील तुल्याउने।
  • राष्ट्रिय सम्पदाहरूको संरक्षण र राष्ट्रिय चिनारी एवम् महत्त्वका विभिन्न पक्षको जगेर्ना तथा सर्म्बर्द्धन गर्न जनचेतनाको जागृत गरी राष्ट्रको चौतर्फी विकास कार्यमा जनसहभागिता, अन्तर्राष्ट्रिय सहयोग एवम् सद्भावना जुटाउन सूचना एवम् सञ्चार क्षेत्रलाई सक्रिय बनाउने।
Remove ads

कार्यक्षेत्र र जिम्मेवारी

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ अनुरूप सूचना तथा सञ्चार मन्त्रालयबाट सम्पादन हुने कार्यहरू यसप्रकार छन्।

मन्त्रालय अर्न्तर्गतका निकायहरू

विभागहरू

स्वायत्त निकाय

प्राधिकरण

समितीहरू

बोर्ड

कम्पनी

करपोरेशन

आयोग

सम्पर्क ठेगाना

नेपाल सरकार
सूचना तथा सञ्चार
सिहदरवार, काठमाडौँ, नेपाल
फोन : ४२११५५६, ४२११६४७, ४२११६१५, ४२११७२८
फ्याक्स : ४२११९७९, ४२११७२९, ४२११६१०
ईमेल : moicppme@ntc.net.np

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads